नेपाल प्रहरी श्रीमती सङ्घको आयोजनामा भएको निःशुल्क स्वास्थ्य शिविरमा ५ सय २४ ले सेवा लिएका छन । नेपाल प्रहरी अस्पताल महाराजगञ्जसँगको सहकार्यमा मेलम्चीमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा ५ सय २४ ले सेवा लिएका हुन ।
शिविरमा जनरल मेडिसिन, अर्थोपेडिक, नाक, कान घाँटी ,स्त्री लगायत रोगको जाँच, औषधी तथा परामर्ष दिइएको थियो । कार्यक्रममा ८७ जनालाई न्यानो कम्बल समेत वितरण गरिएको इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरिक्षक उत्तमसिंह भण्डारीले जानकारी दिनुभयो ।
कार्यक्रमको उद्घाटन गर्दै सङ्घकी अध्यक्ष कुशुमलता सिंहले प्रहरी श्रीमती सङ्घले प्रहरी कर्मचारी, प्रहरी परिवार तथा सर्वसाधरणलाई लक्षित गर्दै विभिन्न किसिमका स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको जानकारी दिनुभयो । उद्घाटन कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङ लगायत जनप्रतिनिधिको उपस्थिति रहेको थियो ।