रेडियो मिसन थाङ्पालकोट ।
पाँचपोखरी थाङपाल गाउँपालिका – ४ थाङ्पालकोटमा हाट बजार सुरु गरिएको छ । स्थानीय उत्पादनको बजारीकरण गर्ने उद्देश्यले मानेखर्क महिला साना किसान कृषि सहकारी संस्था थाङ्पालकोट सिन्धुपाल्चोकले शुक्रबारदेखि थाङ्पालकोटमा हाट बजार सञ्चालनमा ल्याएको हो ।
रैथानेश्वरी मन्दिर बजार केन्द्रमा अब देखि प्रत्येक शुक्रबार हाटबजार मेला लाग्ने सहकारीका अध्यक्ष सार्की डोल्मा तामाङले जानकारी दिनुभयो । हाटबजारले मुद्रा विनिमय सँग सँगै बस्तु विनिमय गरि एक अर्काको सामान साटासाट र खनखाँचो टार्न समेत सहज बजाउने आर्सो नेपालका परियोजना संयोजक हर्क तामाङले बताउनुभयो ।
स्थानीय स्तरमै आमा दिदीबहिनीहरूले आफ्नै परिश्रमको उत्पादनलाई बजार सम्म पुर्याई नगद आर्जन गर्न र उपभोक्ताहरूले सस्तोमा स्वच्छ, ताजा र अर्गानिक उत्पादनको उपभोग गर्न सहज हुने विश्वासका साथ निरन्तरता दिनुपर्ने बताउँदै वडा अध्यक्ष कुलबहादुर बस्नेतले शुभकामना व्यक्त गर्नुभयो ।
आर्साे नेपालले टिजिएचको सहयोगमा रैथानेश्वरीमा निर्माण गरेको यो वजार केन्द्र हलको अधिकतम उपयोग भइ स्थानीय समुदायको आर्थिक उपार्जनमा थप सहयोग पुग्ने विश्वास संस्थाले लिएको परियोजना संयोजक तामाङले बताउनुभयो ।
आफ्नै आँगनमा स्थानिय उत्पादन खरिद बिक्रि गर्न पाएकामा स्थानिय शुर्दशन सापकोटाले खुशी व्यक्त गर्नुभयो ।
सेरच्यु बर्लो साना किसान कृषि सहकारी संस्था भोताङले वडा नम्बर ३ मा गतबर्ष देखी नै हाटबजार व्यवस्थापन गरिरहेको छ ।