लायन्स क्लबद्वारा बिद्यार्थीहरुलाई न्यानो कपडा वितरण

* # शिक्षा समाचार समाज सिन्धुपाल्चोक

रेडियो मिसन, नवलपुर । 
‘लायन्स क्लब ब्राइट भिजन’ काठमाडौँद्वारा बिद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ । क्लबले इन्द्रावती गाउँपालिका वडा नम्बर ५ सुर्यकोटमा रहेको कालिका आधारभूत विद्यालयका ५० जना विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरिएको हो ।

लायन्स क्लब अफ ब्राइट भिजन डिस्ट्रिक्ट नेपालको आयोजना र लायन्स क्लब काठमाडौँ हाइ भिजन, लायन्स क्लब काठमाडौँ दिव्य दृष्टि, लायन्स क्लब काठमाडौँ अपेक्षा बाटिका र लायन्स क्लब काठमाडौँ ग्लोबल स्टारको सहयोगमा विद्यार्थीहरूलाई स्वेटर, ट्र्याक  सुट, स्टेसनरी सामान, स्कुल ब्याग र खेलकुदका सामान वितरण गरिएको स्थानीय मेलम्ची लायन्सका सदस्य राममणि गौतमले जानकारी दिनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष झलक कटुवालले जाडोको समयमा न्यानो कपडा तथा स्टेसनरी सामान वितरण गरेकोमा धन्यवाद व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा बोल्नुहुँदै विशेष अतिथि अग्नि विलास अधिकारीले लायन्स क्लबको जन्मदाताको जन्म दिनको अवसरमा सहयोग गर्न पाएकोमा आफूहरू हर्षित रहेको बताउनुभयो । उहाँले विद्यार्थीहरू भोलिको कर्णधार रहेको भन्दै मन लगाएर पढ्नसमेत आग्रह गर्नुभयो ।

कार्यक्रमका सभाध्यक्ष एवम् लायन्स क्लब ब्राइट भिजन काठमाडौँका अध्यक्ष नमिता विष्टले विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गर्न पाएकोमा खुसी ब्यत्त गर्नुभयो । कार्यक्रममा विद्यालयका शिक्षक शिक्षिका अभिभावक र अन्य स्थानीयहरूको सहभागिता रहेको थियो ।

Leave a Reply