स्वास्थ्य सम्बन्धी अन्तरक्रिया कार्यक्रम इन्द्रावतीमा सम्पन्न

* # पालीका खबर समाचार समाज सिन्धुपाल्चोक स्वास्थ्य

रेडियो मिसन, नवलपुर ।
द्रुत प्रतिक्रिया टोली RRT तथा कोभिड–१९ लगायत विभिन्न महामारीजन्य रोगहरूको रोकथम, नियन्त्रण, तथा निगरानीका लागि सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम इन्द्रावती गाउँपालिकामा सम्पन्न भएको छ ।

कार्यक्रमको सुरुवात गर्दै गाउँपालिका अध्यक्ष झम्कनाथ नेपालले स्वास्थ्य क्षेत्रमा सहयोगका लागि गाउपालिका सदैब तयार रहेको र गाउँपालिकाले सबै क्षेत्रको लागी नीतिगत ब्यवस्था गर्ने भएकोले सरोकारवाला सबै निकायले कुशलतापूर्वक जिम्मेवारीका साथ काम गर्न सबैलाई अनुरोध गर्नुभयो । साथै संस्थागत समस्या भएमा पनि गाउँपालिकामा कुरा राख्न सबैमा आह्वान गर्नुभयो ।

कार्यक्रममा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख परशुराम श्रेष्ठले महामारीजन्य रोगहरू त्यको रोकथम तथा नियन्त्रणका लागि गाउँपालिका भित्रका सबै स्वस्थ संस्थाका स्वस्थ्यकर्मीहरु बिच समन्वय आवश्यक रहेको बताउनुभयो । यस्तो अवस्थामा काम गर्दा पहिला आफू सुरक्षित हुन जरुरी रहेकोले स्वस्थ सुरक्षाका सामाग्रीहरू प्रयोग गर्नुपर्ने बताउनुभयो । जसका लागि यस्ता सामग्रीहरू प्रयोग गर्न पनि जान्नुपर्ने बताउनुभयो ।

त्यस्तै प्राथमिक स्वास्थ्य केन्द्र नवलपुरका डाक्टर धर्मेन्द्र पाण्डेयले महामारी जन्य रोगहरूको बारेमा जानकारी दिदै कोभिड १९ को नयाँ नयाँ भेरियन्टहरु छिट्टै परिवर्तन हुँदै आउने भएकोले सजग र सचेत भएर तयारी अवस्थामा रहन अनुरोध गर्नुभयो ।

तयारीकालागी गाउँपालिकाबाट आवश्यक सामाग्रीहरूको व्यवस्था गर्न गाउँपालिका भित्रका विभिन्न स्वस्थ सस्थाका स्वास्थ्यकर्मीहरूले माग गरे । साथै अक्सिजन कन्सन्टेटर र अक्सिजन जोड्ने अभ्यास गर्नुका साथै ध्यान दिनुपर्ने कुराहरूको बारेमा पनि जानकारी गराइएको छ ।

हाल कोरोनाको परिवर्तित कुन रुपका भाइरस उत्पति भएका छन् र फेरी पनि यसले महामारीको रुप लिएमा यसको रोकथाम र न्यूनिकरणको लागी गाउँपालिकाको तयारी के छ र कसरी अघि बढ्ने भन्नेबारे छलफल गर्न पाएको र यस्ता अन्तरक्रिया बेला बेलामा भइरहनुपर्ने सहभागी भोटसिपा स्वास्थ्य चौकीका सिनियर अहेब अनिरुद्र तिमल्सिनाले बताउनुभो ।

छिमेकी देशको अवस्था हेरेर देशले नै तयारी गरिरहेको अवस्थामा पालिकाले पनि स्वास्थ्य कार्ययोजना अनुसार अघि बढ्ने प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद शर्माले बताउनुभयो ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष नेपाल सङ्गै प्रमुख प्रशासकीय अधिकृत राम प्रसाद शर्मा, स्वास्थ्य शाखाका कर्मचारीहरू, गाउँपालिका भित्रका विभिन्न स्वस्थ संस्थाका स्वास्थ्यकर्मीहरू, प्रहरी, पत्रकार समाजसेवी लगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply