रबिन दनुवार, नवलपुर ।
इन्द्रावती गाउपालिका अध्यक्ष झम्क नाथ नेपालले भ्रस्टाचार नगर्ने र गर्न पनि नदिने बताउनुभएको छ । इन्द्रावती गाउपालिका वडा नम्बर ४ स्थित जलेश्वरी आधारभूत बिद्यालयको ६९ औँ वार्षिकोत्सबमा शुभकामना मन्तव्य राख्दै नेपालले सो कुरा बताउनुभएाके हो। नेपालले पालिकामा भ्रष्टाचारको जालो तोढ्ने र सुशासन कायम राख्ने प्रतिबद्धता पनि जनाउनुभयो ।
नेपालले विद्यालयलाई सम्पन्न र नमुना बनाउनका लागि, दक्ष शिक्षक, कुशल व्यवस्थापन, जागरुक अभिभावक, अनुशासित र लगनशील बिद्यार्थी र स्थानीय सरकारको महत्वपूर्ण भुमिको आवश्यक पर्ने बताउनुभयो। पालिका सदैव बिद्यालयको असल अभिभावक बन्न तत्पर रहने बताउनुभयो ।
शिक्षण प्रविधि,आधुनिक प्रविधि मुलक बनाउने लक्ष्य अनुसार पालिका भित्रका सबै बिद्यालयको कम्प्युटर र प्रिन्टर पालिकाले आफै मर्मत गरिदिएको नेपालले बताउनुभयो । समृद्ध पालिकाको रुपमा लागि अगाडि बढाउन सर्वप्रथम श्रोत, कार्य क्षमता र कार्यविधिको आवश्यकता रहेको बताउनुभयो ।
अध्यक्ष नेपालले निर्वाचन पछिको सात महिना पालिकालाई श्रोत र साधन सम्पन्न बनाउने प्रयासमा लागि रहेको बताउनुभयो ।