मङ्सिर ९
सिन्धुपाल्चोक प्रतिनिधि सभा क्षेत्र नम्बर २ बाट निर्वाचित नेपाली काङ्ग्रेसका नेता मोहन बहादुर बस्नेतले जेठ नलाग्दै मेलम्चीमा पुल निर्माण गर्ने घोषणा गर्नुभएको छ । उहाँले सिन्धुपाल्चोक विकास गर्ने जिम्मा आफ्नो लगायत गठबन्धनको काँधमा आएको भन्दै आजैबाट योजनाबद्ध रूपमा विकासको काम खट्ने बताउनुभयो ।
मेलम्चीमा आयोजित मतदातालाई धन्यवाद तथा विजय र्यालीलाई सम्बोधन गर्दै बस्नेतले जनतालाई विकास भनेको यस्तो रहेछ भएर अनुभुति हुनेगरि काम गर्ने बताउनुभयो ।
कार्यक्रममा सिन्धुपाल्चोक प्रतिनिधि सभा क्षेत्र नम्बर २ प्रदेशसभा (क) बाट निर्वाचित नेकपा माओवादी केन्द्रका नेता युवराज दुलाल शरद, प्रदेश सभा ख बाट निर्वाचित कृष्ण कुमार तामाङ समिर लगायतले मतदातालाई धन्यवाद व्यक्त गर्दै जिम्मेवार बोध भएर विकासको काममा लाग्ने बताउनुभयो ।