दोस्रो मेयरकप ब्याडमिन्टनको उपाधी राजन र किसनको जोडिलाई

* # खेलकुद समाचार सिन्धुपाल्चोक

मेलम्ची ।
दोश्रो मेलम्ची मेयर कप ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ । मेलम्चीमा तीन दिन सम्म चलेको प्रतियोगिताको जिल्ला स्तरीय तर्फ मेलम्चीका राजन श्रेष्ठ र किसन दुलालको जोडि पहिलो भएको छ । त्यस्तै चौताराका रमेश श्रेष्ठ र प्रकाश श्रेष्ठको जोडि दोस्रो र चौताराकै सुरेन्द्र श्रेष्ठ र सविन श्रेष्ठको जोडि त्यस्तै बलेफिका अजय तामाङ र पूर्णबहादुर थापाको जोडि तेश्रो भएका छन् ।

प्रतियोगितामा ४० बर्षमाथिका खुल्ला पुरुष डबल्समा कुमार सापकोटा र राजनमान श्रेष्ठको जमेडी पहिलो भएका छन् । त्यस्तै नारायणलाल श्रेष्ठ र रविन बोम्जन दोस्रो तथा चौताराका उपेन्द्र गोले र अमृत श्रेष्ठ, चौताराकै अजय पराजुली राकेश थापाको जोडी तेस्रो भएका छन् ।

प्रतियोगिता अन्र्तगत नै शुक्रबार सम्पन्न नगरस्तरीय प्रतियोगितामा सिनियर तर्फ राजन श्रेष्ठ र राजु सापकोटाको जोडि र जुनियर तर्फ रोशन तिवारी र दिपराज तामाङको जोडि पहिलो भएका थिए ।

प्रतियोगितामा पहिलो, दोश्रो र तेश्रो हुनेले क्रमशः ३३ हजार ३३३ ,२२ हजार २२२ र ११ हजार १११ रुपैँया सहित मेडल र प्रमाणपत्र प्राप्त गरेको मेलम्ची ब्याडमिन्टन एकेडेमीका सचिव ऋषिराम नेपालले जानकारी दिनुभयो ।

कार्यक्रममा पुरस्कार वितरण गर्दै नगर प्रमुख आइतमान तामाङले सबैखाले खेल क्षेत्रलाई नगरपालिकाले उत्तिकै महत्वका साथ हेरेको बताउँदै सहयोग गर्ने कुरामा कुनै कमि नराख्ने बताउनुभयो । उपप्रमुख उमा प्रधानले खेलक्षेत्रमा महिलाहरुलाई पनि सक्रिय सहभागिता जनाउन आग्रह गर्नुभयो । उहाँले खेलक्षेत्रमा महिलाहरुलाई अगाडि बढाउनका लागि नगरपालिकाले सहयोग गर्ने उद्घोष गर्नुभएको छ।

Leave a Reply