इन्द्रावती गाउँपालिकाको विपद व्यवस्थापन समितिको बैठक सम्पन्न भएको छ ।
गाउँपालिका अध्यक्ष झम्कनाथ नेपालको अध्यक्षतामा बसेको बैठकले मनसुनजन्य विपद्का क्षेत्रमा गाउँपालिका बाट भएगरेका हालसम्मको कार्यको समिक्षा, खर्च अनुमोदन,बाढी पहिरो तथा आगलागीबाट भएको क्षतिको विवरण, राहत तथा पुनर्निर्माणको अवस्था,प्रतिकार्य योजना,छाचोक सडक खण्ड मर्मत तथा इन्द्रावती गाउँपालिका र मण्डन देउपुर नगरपालिका जोड्ने पक्की पुल संरक्षणका बारेका पालिकाको रणनितका बारेमा छलफल भएको गाउँपालिकाका सुचना पविधि अधिकृत सन्तोष सापकोटाले जानकारी दिनुभयो ।
प्रमुख प्रशासकिय अधिकृत पुर्णप्रसाद दुलालले बैठकको सहजिकरण गर्नुभएको थियो । बैठकमा इन्द्रावती गाउँपालिका र मण्डन देउपुर नगरपालिका जोड्ने पक्की पुल संरक्षणका लागी दुई पालिकाका प्रमुख स्तरीय बैठक बस्ने र सम्बन्धीत निकायलाई पहल गर्ने, छाचोक सडक खण्ड मर्मतका लागी सडक विभागलाई पत्र लेख्ने निर्णय भएको छ । गाउँपालिकामा हालसम्म १६७ वटा निवेदन आएकोमा ७४ थान त्रिपाल र १७७ मिटर त्रिपाल उपलब्ध गराइएको विपद् फोकल पर्सन राजाराम घोरासैनीले जानकारी दिनुभयो ।
गाउँपालिकाको मनसुनजन्य विपदको प्रतिकार्यका लागी रु.८ लाख १६ हजार भएको खर्चको अनुमोदन गरिएको छ । सडक अवरुद्धका कारण हालसम्म २८ हजार,बाढी र पहिरोमा गरेर ३० हजार जनसंख्या प्रभावित भएको गाउँपालिकाले जनाएको छ ।
बैठकमा नेपाली सेना,नेपाल प्रहरी,विभिन्न वडाका वडाअध्यक्ष,जनप्रतिनिधि,विपद्का क्षेत्रमा काम गरिरहेका अन्य सरोकारवाला निकाय,पालिकाका कर्मचारी पत्रकार लगायतको उपस्थिती रहेको थियो ।


