हेलम्बुमा स्थानिय बाल अधिकार समितिको लागी घटना व्यवस्थापन र सिफारिस संयन्त्र सम्बन्धी एकदिने अभिमुखिकरण सम्पन्न

* # समाचार समाज सिन्धुपाल्चोक

हेलम्बु ।
स्थानिय बाल अधिकार समितिलाई घटना व्यवस्थापन र सिफारिस संयन्त्र सम्बन्धी एकदिने अभिमुखिकरण कार्यक्रम आज हेलम्बु ७ चनौटेमा सम्पन्न भएको छ । स्थानिय बालअधिकार समिति हेलम्बु गाउँपालिकाको आयोजना,चाइल्ड नेपालको साझेदारी र भिसेन्ट फेररको सहयोगमा कार्यक्रम सम्पन्न भएको हो । हेलम्बु गाउँपालिकाका उपाध्यक्ष अप्सरा लामिछानेको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रम गाउँपालिकाका बालकल्याण अधिकारी प्रशान्त आचार्यले सञ्चालन गर्नुभएको थियो । कार्यक्रमका बारेमा राष्ट्रिय बाल अधिकार परिषद्को पूर्व कार्यक्रम संयोजक आत्माराम थापाले प्रष्ट पार्नुभयो । उहाँले घटना व्यवस्थापनका चरण,सिफारिस संयन्त्र लगायतका बारेमा सहभागिहरुलाई प्रष्ट पार्नुभयो ।

कार्यक्रमका सभापति हेलम्बु गाउँपालिकाका उपाध्यक्ष अप्सरा लामिछानेले हेलम्बु गाउँपालिकाले गर्नुपर्ने काम, विद्यालय, सघंसंस्था, लगायत बालबालिकाको क्षेत्रमा काम गरिरहेका निकायले गरेका काम सन्तोष जनक नभएपनि आगामी दिनमा सुधार गर्दै जाने प्रतिबद्धता जनाउनुभयो । उहाँले बालबालिकाको लागि तयार पारिएका १० वटा संयन्त्रहरु पुरागर्ने लक्ष्य र उद्धेश्यका साथ काम गर्ने प्रतिबद्धता समेत जनाउनुभयो ।

कार्यक्रममा हेलम्बु गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष बुद्धिमान तामाङ, वडा नम्बर ७ का अध्यक्ष निलबहादुर खड्का, चाइल्ड नेपालका कार्यकारी निर्देशक मोहन दंगाल, कार्यपालिका सदस्यहरु, शिक्षा शाखाका कार्यक्रम संयोजक भिम कार्की, विद्यालय निरिक्षक नेत्रप्रसाद भट्टराई, लगायत बालबालिकाको क्षेत्रमा काम गरिरहेको विभिन्न सघंसंस्थाहरुका प्रतिनिधिहरु, गाउँपालिकाका कर्मचारी लगायतको उपस्थिती रहेको थियो ।

Leave a Reply