विद्यालयमा शिक्षक र विद्यार्थी बिरामी पर्न थालेपछि विद्यालय दुई दिन बिदा दिइएको छ ।
पाँचपोखरी थाङपाल गाउँपालिकास्थित वडा नम्बर ४ मा रहेको श्री थाङपाल भ्याली माध्यमिक विद्यालयका शिक्षक विद्यार्थीहरु विरामी परेपछि दुई दिन पठनपाठन बन्द गरिएको हो ।
विद्यालयमा अध्ययन अध्यापन गर्ने गराउने सबै शिक्षक तथा विद्यार्थी केही दिनदेखि रुघाखोकी तथा उच्च ज्वरोका कारण विद्यालयमा लगभग ४० प्रतिशत भन्दा बढी विद्यार्थी अनुपस्थित रहेको विद्यालय व्यवस्थापन समितिले जनाएको छ ।
उच्च ज्वरोको सङ्क्रमण अरु सबैमा सर्न सक्ने र महामारी रुप लिन सक्ने भएकाले शिक्षक विद्यार्थीको स्वास्थ्यलाई मध्यनजर गर्दै पठन पाठन बन्द गर्ने निर्णय गरिएको निमित्त प्रधानाध्यापक विनोद लामाले बताउनुभयो ।
आज बसेको विद्यालय व्यवस्थापन समितिको बैठकको निर्णय अनुसार विद्यालयको अन्य बिदाहरु पठन पाठन व्यवस्थापन हुने गरी माघ १० र ११ गतेका दिन विद्यालयको प्रशासनिका कामकाज बाहेकका सम्पूर्ण कक्षाहरुको पठनपाठन बन्द रहने उहाँले जानकारी दिनुभयो।