पाँचौं जलवायु दिवस मनाईने स्थल गुफा डाँडामा तयारी अन्तिम चरणमा पुगेको छ । मेलम्ची नगरपालिकाले गुफा डाँडामा पाँचौ जलवायु दिवस आयोजना गर्न लागेकोे हो ।
कार्यक्रम स्थलमा राष्ट्रीय झण्डा राख्ने काम सम्पन्न भईसकेको नगर प्रमुख आइतमान तामाङले बताउनुभयो । खानेपानी, शौचालय, फोहोर व्यावस्थापन लगाएतको काम भईसकेको प्रमुख तामाङले बताउनुभयो । उहाँका अनुसार कार्यक्रम गरीने दीनको लागी टेन्ट राख्ने र पार्कीङलाई व्यावस्थीत बनाईने छ । साथै कार्यक्रमलाई व्यवस्थीत बनाई जलवायु परविर्तनले पारेको असरबारे जानकारी गराई विश्व समुलायलाई झक्झकाउने प्रयास गरीने तयारी रहेको छ । । साथै कार्यक्रम स्थलमा मञ्च निर्माण भोली सम्पन्न हुने नगरपालिकाले जनाएको छ । गुफा डाँडाले जलवायु परीवर्तनको असरबारे जानकारी दीनुका साथै पर्यटन प्रवर्धनमा टेवा पुग्ने नगर प्रमुख तामाङले जानकारी दीनुभयो ।
नगरपालिकाको मंसिर २८ गतेको कार्यपालिका बैठकले प्रथम जलवायु सम्मेलन भएको गुफा डाँडामा सम्मेलनको सम्झना र जलवायु परिवर्तनले पुर्याउने असरको सम्वन्धमा छलफल गर्न दिवस आयोजना गर्न लागिएको हो । दिवसको बागमती प्रदेशका मुख्य मन्त्री बहादुर सिं लामाले उद्घाटन गर्ने कार्यक्रम रहेको नगर प्रमुख आइतमान तामाङले जानकारी दिनुभयो ।
२०७५ सालमा जिल्ला समन्वय समिति महासंघको आयोजना तथा जिल्ला समन्वय समिति सिन्धुपाल्चोकको संयोजनमा तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय जलवायु सम्मेलनको उद्घाटन गर्नुभएको थियो । उक्त सम्मेलनमा ७७ जिल्लाका जिल्ला समन्वय समिति प्रमुख तथा जलवायु परिवर्तन र वातावरण विज्ञहरुको सहभागिता थियो ।
सोहि बेला जलवायु परिवर्तनलाई संकेत गर्ने स्ट्याचुको अनावरण तथा ७७ जिल्लाको नाम अंकित राष्ट्रिय झण्डा फहराएर सम्मेलन उद्घाटन गरिएको थियो । त्यसपछि लगातार २०७८ सालसम्म जिल्ला समन्वय समिति महासंघले दिवसको आयोजना गरेको थियो । महासंघले २०७९ बाट कार्यक्रमलाई निरन्तरता दिन छाडेपछि गत वर्ष मेलम्ची नगरपालिकाले विभिन्न कार्यक्रम गरी दिवसको आयोजना गरेको थियो ।
जलवायु सम्मेलन भएको पर्यटकीय स्थल गुफा डाँडामा नगरपालिकाले विभिन्न संरचनाहरुको निर्माण समेत गरिरहेको छ । समुन्द्रि सतहबाट दुई हजार दुई सय ५० मिटर उचाईमा पर्ने गुफा डाँडामा जनवरी १ मा सांस्कृतिक प्रस्तुती तथा जलवायु विज्ञको प्रस्तुतिकरण सहितको कार्यक्रम आयोजना गर्न लागिएको नगरपालिकाले जनाएको छ ।