रत्न छत्र हिमालय फाउन्डेसनद्वारा पन्चकन्या आधारभूत विद्यालयमा शैक्षिक सामाग्री सहयाेग गरीएकाे छ । आज एक कार्यक्रमका विच फाउन्डेसनले सहयाेग गरेकाे फाउन्डेसनका अध्यक्ष राजेश हिमालयले बताउनुभयाे ।
रत्न छत्र हिमालय फाउन्डेसनको सहकार्यमा लायन्स क्लब अफ काठमाण्डाै फेलोशिप,लायन्स क्लब अफ काठमाण्डाै देवालय डिस्ट्रिक्ट ३२५ एफकाे सहयोगमा सिन्धुपाल्चोक पाँचपोखरी गाउँपालिका लागर्चे ८ स्थित पन्चकन्या आधारभूत विद्यालयमा बालबालिकालाई स्कुल झोला, शैक्षिक सामग्री पानीको बोतल, बाक्लो टोपी सहयोग गरेको छ ।
कार्यक्रममा वडा अध्यक्ष बिष्णु बहादुर खडका, फाउन्डेसनका अध्यक्ष राजेश दास हिमालय ,पन्डित लायन लोक नाथ पौडेल, लायन बिकास श्रेष्ठ ,लियो किरण भुजेल समाजसेवी रामकृष्ण भट्टराई विद्यालय व्यवस्थापन समितिका सुजन थापा एव विद्यालयका प्रधानाध्यापक कविता कटुवाल लगाएतकाे उपस्थितीमा कार्यक्रम सम्पन्न भएकाे हाे ।