चौतारामा “अपाङ्गता समाबेशी बिकास” बारे सिकाइ आदानप्रदान कार्यक्रम सम्पन

* # पालीका खबर समाचार समाज

रेडियो मिसन । 

“अपाङ्गता समाबेशी बिकास” बारे सिकाइ आदानप्रदान कार्यक्रम चौतारामा सम्पन भएको छ । नगर अपाङ्गता समन्वय समितिको आयोजना तथा CBM global/सप्रोस नेपालको सहयोगमा कार्यक्रम सम्पन भएको छ ।

चौतारा साँगाचोकगढी नगरपालिकाको उप-प्रमुख सिता थापाको प्रमुख आतिथ्यता र नगर अपाङ्गता समन्वय समितिको अध्यक्ष सुशिला श्रेष्ठको सभापतित्वमामा भएको कार्यक्रममा प्रमुख अतिथि थापाले अपाङ्गताका सवालहरुलाई नगरपालिकाले प्रमुख प्राथमिकतामा राखेर सरोकारवाला निकायहरु संग सहकार्य गरी कार्यक्रम संचालन गर्दै आएको बताउनुभयो । साथै आगामी आर्थिक बर्षका लागि पनि यस सवालमा गर्न सकिने उत्तम अभ्यासहरुलाई समेट्न सम्बन्धित सरोकारवाला निकायहरुबाट सुझावका लागि अनुरोध गर्नु भयो । 

अपाङ्गताका सवाल संग सरोकार राख्ने बिभिन्न संस्थाहरु लगायत चौतारा साँगाचोकगढी नगरपालिकाका कार्यपालिका सदस्यहरु, नगरपालिकाका विभिन्न शाखाका प्रमुखहरु, अपाङ्गता भएका व्यक्तिहरु लगायत नगर अपाङ्गता समन्वय समितिका पदाधिकारीहरु लगाएत करिव ४० जनाको सहभागितामा सञ्चालित यस कार्यक्रममा “अपाङ्गता समाबेशी बिकासमा” गरिएका सिकाइहरु तथा गर्न सकिने कार्यहरु सम्बन्धि अन्तरक्रियात्मक छलफल भएको थियो ।

समानता परियोजना, HRDC तथा नगरपालिका शाखा प्रमुखहरुले फिल्ड स्तरमा गरेका कार्यहरुको सिकाइ तथा अभ्यासहरु प्रस्तुत गरिएको थियो । 

Leave a Reply