धुस्कुन स्वास्थ्य चौकीकाे भवन उद्घाटन

* # पालीका खबर समाचार समाज सिन्धुपाल्चोक स्वास्थ्य

“त्रिपूरा उद्धाटन सप्ताह – २०८१” को तेस्रो दिन धुस्कुन स्वास्थ्य चौकी बेते सामुदायिक स्वास्थ्य इकाइको भवन उद्घाटन सम्पन्न भएकाे छ ।

एक कार्यक्रका विच वडा अध्यक्ष शिव कुमार कार्कीकाे अभाध्यक्षता गाउँपालिका अध्यक्ष भक्तध्वज बोहराको प्रमुख आतिथ्यतामा भवन उद्घाटन भएकाे हाे ।

वडा नम्बर ३ का माथिल्लो भेगका जनताहरुको स्वास्थ्यमा पहुँच सुनिश्चित गराउने ध्येयका साथ बेते सामुदायिक स्वास्थ्य इकाइ कुल रु. ५८,८६,००० लागतमा निर्माण सुरु भएको थियाे । साे स्वास्थ्य केन्द्रबाट पाक्षिक (हरेक १५ दिनमा) माथिल्लो भेगका जनताहरुलाइ घर दैलो सेवा उपलब्ध गराउनका लागि स्वास्थ्यकर्मीहरुलाइ अध्यक्ष भक्तध्वज बोहरा निर्देशन दिनुभयो ।

साथै, यस सेवा केन्द्रबाट एकीकृत ढंगबाट सेवा प्रवाह गर्न माथिल्लो भेगका जनताहरुको मागलाइ सम्बोधन गर्न साप्ताहिक रुपमा वडा कार्यालयको सेवा तालिका बनाएर प्रदान गरिने प्रतिवद्धता जनाउनुभयो | कार्यक्रमको बिच भवन निर्माणका लागि नि:शुल्क जग्गा प्रदान गर्ने दाताहरुलाइ सम्मान समेत गरिएको थियो ।

Leave a Reply