जुगल हिमालको बेसक्याम्पमा १०६ किशोरीलाई पर्वतारोहण तालीम

* # मनोरञ्जन समाचार समाज सिन्धुपाल्चोक

रेडियाे मिसन

सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा जुगल हिमशृङ्खलाको बेसक्याम्प पुगेर १०६ जना किशोरीहरूले स्थानीय पर्वतारोहण सम्बन्धी तालीम लिएका छन् । विश्व समावेशी साहसी संस्था जीआईएको आयोजनामा जुगल गाउँपालिका, चौतारा साँगाचोकगढी र मेलम्ची नगरपालिकाको आर्थिक सहयोगमा तालिम दिइएको थियो । 


पुगेर १०६ जना किशोरीलाई जुगल गाउँपालिकाको तीन दिने यात्राको क्रममा जिल्लाभरको इतिहास, भूगोल, धर्म संस्कृति बारे जानकारी दिइएको छ । स्थानीय स्तरमा पर्वतारोहणको कला सिकाइ पर्यटन प्रर्वद्धनको विकासका लागि सहयोग पुग्ने जुगल गाउँपालिका पर्यटन समिति संयोजक मिलन तामाङले जानकारी दिनुभयो । यो दुई वर्ष तालीम भएकाले केही समय पछि मात्र नतिजा आउने उहाँले बताउनुभयो । सहभागिमध्ये ३५ जनालाई माउन्टेन गाइडको रुपमा तयार गरिने उहाँले बताउनुभयो । 


५ जना अन्तर्राष्ट्रिय पर्वतारोही प्रशिक्षकद्वारा पर्वतारोहीले पर्वतारोहण सम्बन्धी सम्पूर्ण तालिम अर्न्तगत ट्रेकिङ म्याप, प्राथमिक उपचार तालिम, म्याप नेभिगेसन सहित अन्य पर्वत चढ्न आरोहीले गर्नुपर्ने सामग्री र तयारी बारे प्रयोग गरेर सिकाइएको छ । 
फागुन १३ गते बिहान एक सय ६ जना किशोरी, ११ जना प्रशिक्षकको टोली जुगल–५ बराम्ची चनौटेस्थित रत्नराज्य माध्यमिक विद्यालयबाट जुगल हिमालका लागि गएका थिए ।

फोटो सौजन्य : मिलन तामाङ

Leave a Reply