रेडियो मिसन ।
अविरल वर्षातका कारण सिन्धुपाल्चोकको मेलम्ची, ईन्द्रावती, बलेफी नदीमा बाढीको जोखिम बढेको जल तथा मौसम विज्ञान विभाग, बाढी सूचना केन्द्रले जानकारी दिएको छ।
केन्द्रकाअनुसार पछिल्लो ६ घण्टामा सिन्धुपाल्चोकको भोताङ, मानेखर्क, बाँसखर्क, बाहुनेपाटी, मेलम्चीघ्याङ, तार्केघ्याङ, ढुङ्गे, गोबरे, नवलपुर, दुबाचौर र आसपास मध्यमदेखि भारी वर्षा भइरहेको छ। ती भेगमा थप वर्षा हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले पनि औंल्याएको छ।
सो क्षेत्र भई बहने मेलम्ची, इन्द्रावती, बलेफी नदी र यसका सहायक खोलाहरूमा आकस्मिक बाढीको जोखिम र कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन केन्द्रले भनेको छ।