रेडियो मिसन
नकावजनी चोरी मुद्दाको आरोपमा फरार अपराधी १४ बर्षपछी पक्राउ परेका छन् ।
साविक दुवाचौर गाविस. वडा नं.९ हाल मेलम्ची न.पा. वडा नं.८ बस्ने ६५ बर्षिय मान बहादुर गिरीलाई १४ बर्षपछी प्रहरीले पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय मेलम्चीको प्रहरी टोलीले आज पक्राउ गरि सम्मानित सिन्धुपाल्चोक जिल्ला अदालत चौतारामा दाखिला गरिएकोमा सम्मानित अदालतले निजलाई लागेको कैद जरिवाना सजाँय असुलका लागि आजै जिल्ला कारागार चौतारा चलान गरेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सुचना अधिकारी शिव बुढाथोकीले जानकारी दीनुभयो ।
२०६५ साल फागुन ५ मा सिन्धुपाल्चोक जिल्ला अदालतले गिरीलाई ४५ दीन कैद र ४७ हजार २ सय पचास जरीवाना तोकेको थियो ।