मानव बेचविखनका फरार प्रतिवादी ३० बर्षपछी पक्राउ

* # अपराध समाचार समाज सिन्धुपाल्चोक

मानव बेचविखन मुद्दाका फरार प्रतिवादी ३० वर्षपछी पक्राउ परेका छन् । पाँचपोखरी थाङपाल गाउँपालिका २ बरुवाका नारायण बिक्रम सिलवाललाई ईलाका प्रहरी कार्यालय मेलम्चीको टोलीले पक्राउ गरेको हो ।


उनले वि.सं २०३९ बैशाखमा जिल्लाबाट २ जना युवतीहरुलाई भा.रु. ४० हजार रुपैयाँमा बेचेका थिए ।

हाल वर्ष ६९ का सिलवालले तल्कालीन समयमा युवतीलाई ललाई फकाई गरि गाउँमा दुःख गर्न नपर्ने प्रलोभनमा पारी राम्रो काममा लगाई दिने बाहानामा भारतको कलकत्ता र बम्बई शहरमा पुर्याएका थिए ।

मानव वेचविखन तथा ओसार पसार मुद्दाका प्रतिवादी सिलवाललाई आइतबार पक्राउ गरीएको इलाका प्रहरी कार्यलय मेलम्चीका प्रहरी निरीक्षक भगवती तिमल्सेनाले जानकारी दिनुभयो ।

उनलाई सिन्धुपाल्चोक जिल्ला अदालतबाट ४ दिनको म्याद अनुमति लिई थप अनुसन्धान भईरहेको प्रहरी निरीक्षक तिमल्सेनाले जानकारी दिनुभयो ।

Leave a Reply