मेलम्ची नगरपलिका वडा नम्बर ७ को प्रसासनिक भवनको उद्घाटन सम्पन्न

* # पालीका खबर समाचार समाज

रेडियो मिसन ।
मेलम्ची नगरपलिका वडा नम्बर ७ को प्रसासनिक भवनको उद्घाटन गरिएको छ । शुक्रबार एक कार्यक्रमका बिच मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले भवनको उद्घाटन गर्नुभएको हो । भवनको उद्घाटन गर्दै प्रमुख तामाङले उत्कृष्ट प्रसासनिक भवन निर्माण सम्पन्न भएको बताउनुभएको छ । वडाका नागरीकहरूको लागि यो नै सिंहदरवार भएकाले गुणस्तरीय सेवाका लागी वडा कार्यालय भवन निर्माणकार्यमा सबैको उत्तिकै भूमिका रहेको बताउँदै घेराबार र वडा सम्म आउने बाटो निर्माणको काम बाँकि रहेको बताउनुभयो । वडा कार्यलय मात्रै नभई आसपासका संरचनाहरुको संरक्षणमा नगरपालिकाको चासो रहेको बताउँदै वडा कार्यालयको आडैमा रहेको गोल्मेश्वर धामको लागि डिपिआर सम्पन्न भइसकेको र खानेपानी ट्याङ्किको संरक्षणमा पनि जोड दिने प्रतिबद्धता जनाउनुभयो । उहाँले वडा कार्यलय निर्माणका लागी जग्गादान गर्ने, निर्माण कम्पनी लगाएत निर्माणकार्यमा सहयोग गर्ने सबैलाई धन्यवाद पनि दिनुभयो ।

पालिका भित्रका वडा कार्यालयहरू, स्वास्थ्य संस्थाका भवनहरू र हरेक वडामा बहु आयामिक सामुदायिक भवनहरू पनि सबैजसो वडामा सम्पन्न हुने चरणमा रहेको साथै बढि महत्त्व रहेका सडकहरूलाई पक्कि बनाउने काम भईरहेको प्रमुख तामाङले जानकारी दिनुभयो । साथै फट्टेमा पुल नपर्माणका लागि पुल विभागको सहमति कुरीरहेकाले सहमति आउने बित्तिकै काम सुरू हुने उहाँको भनाई छ । वडा नम्बर ७ लाई पर्यटन प्रवद्र्धमा सम्भावित खोजि भईरहेको बताउँदै निर्वाचनको क्रममा फरक दलबाट नेतृत्व गरेपनि निर्वाचितलाई सबैले साथ दिएर हातेमालो गर्दै जानुपर्ने उहाँको धारण थियो ।

वडा कार्यालयका लागि जग्गा दान गर्नुहुने जग्गादाता र निर्माण कम्पनी लगाएत निर्माणका लागि सहयोग गर्ने सबैलाई धन्यवाद दिनुहुँदै वडा अध्यक्ष पासाङ तामाङले निर्वाचित भएको दुई बर्षमा केही कामहरू सम्पन्न भएपनि सडकलाई दिगो र पक्कि बनाउने कामहरू बाँकि रहेको बताउनुभयो । स्वास्थ्य चौकि भवनको शिलान्यास हुँदै गर्दा वडा कार्यालयको भवन उद्घाटन भएकाले अब स्वास्थ्य चौकिको भवन उद्घाटन गर्दा अर्काे कुनै भवनको शिलान्यास गर्ने तयारी गर्ने उहाँको भनाई छ । सडक र भवन मात्रै नभई पर्यटनको सम्भावना रहेको क्षेत्रहरूको काम बाँकि रहेकोले बिकास निर्माणका काममा नगर प्रमुखले सहयोग गरीरहेको अध्यक्ष तामाङले बताउनुभयो ।

कार्यक्रममा वडा सदस्य श्रीकृष्ण श्रेष्ठले स्वागत मन्तब्य साथै पूर्व वडा अध्यक्ष ज्ञानेन्द्र श्रेष्ठले शुभकामना मन्तब्य राख्नुभएको थियो ।

वडा नम्बर २ का अध्यक्ष नगेन्द्र प्रसाद खतिवडाले आफ्नो भनाई राख्दै भवनजस्तै सेवा पनि शुन्दर हुनुपर्ने बताउनुभयो । साथै वडा कार्यालयहरूको निर्माण सकिन लागेकोले अबका दिनमा भौतिक पूर्वाधारका कामको बोझ कम हुँदै जाने उहाँको बिशवास छ । जनताको सिंहदरबार वडा कार्यालयले सेवामा गुणस्तरीयता र पारदर्शितालाई विशेष जोड दिनुपर्ने उहाँको भनाई छ ।

वडा अध्यक्ष पासाङ तामाङको सभापतित्वमा सम्पन्न कार्यक्रममा, प्रमुख अतिथि नगर प्रमुख आइतमान तामाङ, विशेष अतिथि प्रमुख प्रसासकिय अधिकृत अशोक कुमार भट्टराई, अतिथिहरू वडा अध्यक्ष वडा नम्बर २ का अध्यक्ष नगेन्द्र प्रसाद खतिवडा, वडा नम्बर ९ का अध्यक्ष किरणदिप खड्का, पूर्व वडा अध्यक्ष ज्ञानेन्द्र श्रेष्ठ, राजनीतिक दलका प्रतिनिधीहरु, जग्गादाता लगाएत स्थानियको उपस्थिती रहेको थियो ।

२०७९ पौष २५ गते सम्झौता भएको उक्त भवन निर्माणको गेहेन्द्र लक्ष्मी जुगल हिमशिखर जेभि मेलम्ची १० ले २ करोड ५४ लाख ४ सय ४२ रूपैंयामा २०८० चैत ५ गते अर्थात सम्झौता समय भित्रै निर्माण सम्पन्न गरेको सव–ईन्जिनियर सन्तोष थापाले जानकारी दिनुभयो ।

Leave a Reply