प्रतिबद्धता पुरा गर्दै सांसद तामाङ : जयबागेश्वरी माविलाई कम्प्युटर ल्याव सञ्चालनमा सहयोग

* # शिक्षा समाचार समाज सिन्धुपाल्चोक

बागमती प्रदेश सभा सदस्य एवं नेपाली काङ्ग्रेस संसदीय दलका सचिव कृष्ण कुमार तामाङ (समीर) ले श्री जयबागेश्वरी माध्यमिक विद्यालयको कम्प्युटर मर्मत गरि कम्प्युटर ल्याब पूर्ण रुपमा सञ्चालनमा ल्याउन सहयोग गर्नुभएको छ । आज एक कार्यक्रमका बिच सांसद तामाङले खेलकुदका सामाग्री समेत विद्यालयलाई हस्तान्तरण गर्नुभयो ।


हेलम्बु गाउँपालिका वडा नम्बर ३ पाल्चोकमा रहेको विद्यालयको ६१ औं  वार्षिक उत्सवका अवसरमा सांसद तामाङले कम्प्युटर मर्मत गरि कम्प्युटर ल्याब पूर्ण रुपमा सञ्चालनमा ल्याउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो । उहाँले प्रतिबद्धता अनुसार विद्यालयमा रहेको १८ वटा कम्प्युटर मर्मत गरि विद्यालयलाई हस्तान्तरण गर्नुभएको हो ।

कार्यक्रममा हेलम्बु–३, का वडा अध्यक्ष दीपक खड्का, स्थानीय समाजसेवी एवं नेपाली काङ्ग्रेसका नेता पूर्ण बहादुर तामाङ, नेपाली काङ्ग्रेसका नेताहरू प्रकाश सापकोटा लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।

सांसद तामाङले मर्मत पश्चात सञ्चालनमा आएको कम्प्युटर ल्याब काे अवलोकन गर्नुको साथै खेलकुद तथा कम्प्युटर सँग सम्बन्धित सामाग्री विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बुद्धिमान तामाङ र प्रधानाध्यापक रामगोपाल श्रेष्ठ लाई हस्तान्तरण गर्नुभएको उहाँका स्वकीय सचिव विशाल राउतले जानकारी दिनुभयो ।

Leave a Reply