सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिकाले मादक पदार्थ सेवन तथा बिक्रीवितरणमा रोक लगाएको छ । पालिकाले यहि माघ १५ गतेदेखि १८ गतेसम्मका लागि गाउँपालिकाभरीका सार्वजनिक स्थल, होटल तथा पसलमा मादक पदार्थ विक्री वितरण तथा सेवनमा प्रतिबन्ध लगाएको हो ।
माघ १७ पुर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन गर्ने कार्यक्रम रहेको छ । सोही कार्यक्रमको सुरक्षाका लागि गाउँपालिकाभर ४ दिनको लागि मादक पदार्थ निशेध गर्ने आज बसेको गाउँ कार्यपालिकाको वैठकले निर्णय गरेको पालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण कुँइकेलले बताउनुभयाे ।
पुर्वप्रधानमन्त्री ओली बुधबार हेलिकप्टर मार्फत पाँचपोखरी कुण्ड दर्शन गरि गाउँपालीकाको भवन उद्घाटन गर्न आउनुहुनेछ।