बेलिबृज उद्घाटनमा नगरलाई उपेक्षा गरीयो : नगर प्रमुख तामाङ

* # पालीका खबर राजनीति समाचार समाज सिन्धुपाल्चोक


मेलम्ची खोलामा आज बेलिबृज उद्घाटन गरी सञ्चालनमा आएको छ ।

मेलम्चीबाट मेलम्ची १० र ११ जोड्ने बेलिबृजले मेलम्चीका केही वडाका साथ पाँचपोखरी र इन्द्रावती गाँउपालिकालाई यातायातमा सहजता भएको छ । नेपाली सेनाले बाढी गएको दुई वर्षपछि बेलिबृज निर्माण सम्पन्न गरेको हो । सेनाले करीव ३ हप्ताको अपधीमा बेलिबृज निर्माण सम्पन्न गरेको हो ।


सेनाले सम्पन्न गरेको उक्त बेलिबृज उद्घाटन तथा हस्तान्तरण कार्यक्रम आज मेलम्चीमा राखिएको थियो । बेलिबृज निर्माण भएपछि स्थानीय सरकार पनि केही हुनेमा ढुक्क थियो । तर, मेलम्चीमा बनेको बेलिबृज उद्घाटनमा भने स्थानीय सरकारलाई उपेक्षा गरिएको मेलम्ची नगर प्रमुख आईतमान तामाङले बताउनुभयो । नेपाल सरकारका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतको आदेशमा मेलम्ची नगरपालिकालाई बेवास्ता गरिएको स्थानिय नेता कार्यकर्ताको बुझाई रहेको छ ।


बागमती प्रदेशका सांसद कृष्ण कुमार तामाङ समीर सभाध्यक्ष स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहन बहादुर बस्नेत प्रमुख अतिथी र नेपाली सेनाका महारथी प्रभुराम शर्माको विशेष आतिथ्यता रहेको कार्यक्रममा मेलम्चीका जनप्रतिनिधीको अनुपस्थीतिले कार्यक्रम खल्लो भएको कार्यक्रममा सहभागिले बताएका छन् ।


सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा विकासको सुनामी ल्याउने भाषण दिने बस्नेतले आफ्नै दलबाट निर्वाचित मेयर तथा स्थानीय नेताहरूलाई उपेक्षा गरेको पाईएको छ । बेलिबृज निर्माणको जिम्मा पाएको नेपाली सेना र मेलम्ची नगरपालिकाको समन्वयमा बेलिबृज निर्माणको काम सम्पन्न भएको थियो । यता मेलम्ची नगरपालिकाका मेयर आइतमान तामाङले भने स्थानीय तहसँग समन्वय नगरी गरिएको कार्यक्रममा आफू जान नमिल्ने बताउनुभयो ।

बेलिबृज निर्माण सम्पन्न भएपछि स्थानीय तहलाई जिम्मा लगाउनुपर्ने तामाङले बताउनुभयो । आफू काम विशेषले काठमाडौँ रहेको भन्दै मेयर तामाङले उद्घाटन समारोहमा आफू जान नभ्याउने बताउनुभयो । कार्यक्रममा मेलम्ची नगरपालिकाका कोही पनि जनप्रतिनिधि उद्घाटन समारोहमा सहभागि भएका थिएनन ।

Leave a Reply