बजेट कार्यान्वयनमा सबै जुट्नुको विकल्प छैन : मन्त्री बस्नेत

* # समाज सिन्धुपाल्चोक स्वास्थ्य

रेडियो मिसन, नवलपुर ।
स्वास्थ तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले बजेट कार्यान्वयनमा सवै मिलेर जानुपर्ने बताउनु भएको छ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाको १३ औं नगरसभाको उद्घाटन समारा्हलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले तीनै तहका सरकारले ल्याउने बजेट सबैको समन्वयमा कार्यान्वयन हुनुपर्ने बताउनु भएको हो ।

कार्यक्रममा बोल्नुहुँदै मन्त्री बस्नेतले सवै जनप्रतिनिधि जनताको सच्चा प्रतिनिधि हुनुपर्ने बताउँनुहुँदै वजेट निर्माण र यसको कार्यान्वयनमा सजग हुनुपर्नेमा जोड दिनुभयो । “हामि जनताका सेवक भएकाले भ्रष्टाचार मुक्त समाज बनाउन सवै लाग्नु पर्छ, यसका लागि आफु सजग छु र अरूलाईसमेत सजग हुन आग्रह गर्दछु ” उहाँले बताउनुभयो ।

संविधानमा व्यवस्था भएबमोजिम स्वास्थ र शिक्षा जस्ता क्षेत्र सवै नागरिकमा सर्वसुलभ बनाउन आफु लागि परेको बताउनुहुँदै सवै नागरिकमा आधारभुत सेवाको प्रत्याभुति हुनेगरि काम गरिने बताउनुभयो ।

कार्यक्रममा बोल्नुहुँदै उहाँले बिकास निर्माण र जनसेवामा राजनिती सकारात्मक हुनुपर्ने र निर्वाचनमा पार्टी फरक भएर लागेपनि विकासमा एकै भएर काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रममा बोल्नुहुँदै बागमती प्रदेशका वन तथा वातावरणमन्त्री मसीना खड्का भण्डारीले प्राकृतिक सम्पदा संरक्षण गर्दै दिगो विकास लक्ष्य हाँसिल गर्न मन्त्रालय अग्रसर रहेको बताउँदै योजनावद्धरूपमा कार्यान्वयनमा आफुले काम गर्ने बताउनुभयो ।

त्यस्तै बाह्रबिसे नगरपालिकाका प्रमुख बालकृष्ण बस्नेतले आफ्नो नगरपालिकाले किसान बिमा, माध्यमिक शिक्षा पुर्णरूपमा निशुल्क, एम्बुलेन्स तथा सव वाहनसेवा जस्ता जनता सँग प्रत्यक्ष जोडिएका क्षेत्रमा काम गरिरहेको र नगरको वजेट यसकै वरिपरि रहने बताउनु भयो ।

बाह्रबिसे नगरपालिकाले नगरसभामा आगामि आर्थिक बर्षका लागि रू ६० करोड २२ लाख एक सय ७९ बराबरको बजेट प्रस्तुत गरेको छ।

Leave a Reply