मेलम्चीमा २ महिने सिलाई कटाई तालिम सुरु

* # पालीका खबर समाचार समाज सिन्धुपाल्चोक

रेडियो मिसन, मेलम्ची ।

मेलम्ची नगरपालिकाको आर्थिक सहयोग र अभिया तालिम केन्द्र मेलम्चीको आयोजनामा “सीप सिकौँ स्वभालम्भी बनौँ “ भन्ने नाराका साथ दुई महिने सिलाई कटाई तालिम सुरु भएको छ । तालिम उद्घाटन गर्दै नगरपालिकाका प्रमुख आइतमान तामाङले बजारमा नेपाली सामान माग भएकाले यस्ता कार्यक्रम हरुलाइ नगरपालिकाले प्राथमिक्तामा राखेर संचालन गरेको बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभइएका तामाङले बिदेशि हरुको सामान र सिलाइ गुणस्तरिय नहुने भएकाले अब नेपाली आफैंले गुणस्तरीय सिलाई र सामान पाउनेमा आफू बिस्वस्त रहेको बताउनुभयो ।

नगर प्रमुख तामाङले यो दुई महिनाको तालिम प्रभावकारी भए पछी एक बर्षको तालिम संचालन गर्ने बताउनु आश्वासन दिनुभएको छ । कार्यक्रममा अभिया तालिम केन्द्रका संचालक मिङ्मार तामाङले स्थानिय सामान लाई प्रवर्द्धन र स्थानिय हरुको ब्यबसाय लाई राम्रो बनाउन यो तालिमको आयोजना गरेको बताउनुभयो । उहाँले मेलम्ची नगरपालिका भित्र संचालित टेलर व्यावसायिहरुको लागि फोकस गर्दै तालिम आयोजना गरिएको र यस तालिममा सहभागी भई मौकाको फाइदा लिन समेत अग्रह गर्नुभयो । यहि बैशाख ६ गते बाट संचालन भएको सो तालिम दुई महिना सम्म चल्ने छ ।

तालिममा १५ जान प्रशिक्षार्थी सहभागी रहेको आयोजकले जनाएको छ ।

Leave a Reply