रेडियो मिसन, मेलम्ची ।
मेलम्चीबाढी प्रभावित क्षेत्रका बस्तीको मेलम्ची नगरपालिका प्रमुख आइतमान तामाङले स्थलगत अनुगमन गर्नुभएको छ । प्रमुख तामाङले बाढी प्रभावित क्षेत्रमा यसवर्ष हुन सक्ने क्षति न्यूनीकरणको प्रयास र संरक्षणका लागि भइरहेको कामकोे बुधवार स्थलगत अनुगमन गर्नु भएको हो ।
बाढिबाट क्षती भई बाँकी रहेका बस्ती तथा आवादी जमिन जोगाउन स्थानीय सरकारको पहिलो दायित्व भएको बताउँदै प्रमुख तामाङले यसको संरक्षणा वर्षा अगावै तदारुकता देखाउनुभएको हो । बाढीबाट थुप्रिएका ढुंगा, बालुवा भरिएर नदीको बहाव निकै माथि भएकाले यसखाले प्रयत्नले तत्कालका लागि सान्त्वना भएतापनि दीर्घकालीन रूपमा दिगो नहुने भएकोले विस्तृत योजना बनाएर बजार संरक्षणमा जोड दिने प्रतिवद्वता समेत उहाँले व्यक्त गर्नु भएको छ ।
२०७८ असार १ र त्यसपछि आएको बाढीबाट जोखिम बढाएको मेलम्ची बस्ती जोगाउन मेलम्चीमा धेरै खर्च पनि भइसकेको छ ।