यातायात पुर्वाधार र इन्द्रावती गाउँपालिका बिच छलफल, इन्द्रावतीमा चार झोलुङ्गे पुल निर्माण गर्ने

* # पालीका खबर समाचार समाज सिन्धुपाल्चोक

रबिन दनुवार ।

इन्द्रावती गाउँपालिकाले सुरु गरेको चार वटा झोलुङ्गे पुल निर्माण सम्पन्न गर्ने र तीनवटा पुल निर्माण कार्य सुरु गर्ने लक्ष्य लिएको छ । यातायात पुर्वाधार विकास निर्देशनालय र इन्द्रावती गाउपालिका बिचको छलफलले सो निर्णय गरेको हो ।

इन्द्रावती गाउँपालिकाले आर्थिक वर्ष २०७९/२०८० मा सुरु गरेको चार वटा झोलुङ्गे पुल निर्माणको कार्यको आर्थिक वर्ष २०८० को अन्त्य सम्म सम्पन्न गर्ने र बाकी तीन वटा पुलको काम सुरु गर्ने पालिकाको लक्ष्य रहेको गाउँपालिका अध्यक्षको सचिवालय सदस्य शुनिल तामाङले जानकारी दिनुभयो ।

पालिकामा निर्माण भएको झोलुङ्गे पुलहरुको मर्मत सम्भार गरि चुस्त दुरुस्त बनाउने निर्णय गरेको उहाँले बताउनुभयो ।

इन्द्रावती गाउँपालिका वडा नम्बर ३ र ८ जोड्ने सिपाखोला पुल र वडा नम्बर ९ र चौतारा साँगाचोक नगरपालिका ७ जोड्ने झ्याडीखोला पुल नजिकै मोटरेवल पुल निर्माण सम्पन्न भएको हुदा उक्त पुल हटाउन कार्यपालिका, TBSU र DOLI लाई अनुरोध गर्ने निर्णय भएको तामाङले बताउनुभयो ।

त्यस्तै गैरसरकारी संस्थाको कार्य सम्पादन चित्तबुझ्दो नभएकोले इन्द्रावती गाउपालिकाको कार्यलयपालिकाको निर्णय बमोजिम संस्था छनौट प्रक्रिया अगाडि बढाइने तामाङले बताउनुभयो । आगामी आर्थिक वर्षको झोलुङ्गे पुल निर्माणका लागि यही महिना भरी प्रस्ताव पठाइने उहाले बताउनुभयो ।

Leave a Reply