नवलपुरमा अवस्थीत भुकम्प स्मारक शान्ति पार्कको शिलालेख तोड फोड

अपराध पालीका खबर समाचार समाज सिन्धुपाल्चोक

ईन्द्रावति गाँउपालिका वडा नम्बर ४ मा रहेको भुकम्प स्मारक भृकुटी शान्ति पार्कको शिलालेख तोड’ फोड भएको छ ।

२०७२ साल वैशाख १२ गते शनिवारका दिन गएको भूकम्पमा परी इन्द्रावती गाउँपालिकाभित्र ज्यान गुमाउनेहरुको सम्झनामा भूकम्प स्मारक पार्क निर्माण गरिएको पुर्व अध्यक्ष वंशलाल तामाङले जानकारी दिनुभयो।

उक्त भूकम्पमा परी इन्द्रावती गाउँपालिकाका ५ सय ४८ जनाको मृत्यु भएको थियो। भुकम्पमा परी मृत्यू भएकाहरुको सम्झनामा निर्माण गरीएको भुकम्प स्मारक भृकुटी शान्ति पार्क (छ्योर्तेन)मा शिलालेख राखीएको थियो ।

अ’ज्ञात समुहद्धारा भुकम्प स्मृति शान्ति पार्कमा राखीएको शिलालेख तोड फोड भएको पाईएको छ । घटनाको बारेमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय नवलपुरले जनाएको छ । बजारमा रहेको सिसिटीभीमा समस्या आएका कारण पनि अनुसन्धानमा ढिलाई रहेको प्रहरी कार्यालयले जनाएको छ । घटनामा संलग्न रहेकाहरुलाई हदैसम्मको सजाय हुनुपर्ने स्थानिय शेर बहादुर तामाङले बताउनुभयो ।

गाउँपालिका र पर्यटन मन्त्रालयको समन्वयमा १ करोड ३१ लाख १८ हजार ४ सय ३३ रुपियाँ लागतमा भूकम्प पार्क र भृकुटी पार्क निर्माण भएको थियो ।

Leave a Reply