मेलम्ची नगरसभाको १३ औँ अधिवेशन स्थगित

* # पालीका खबर समाचार समाज सिन्धुपाल्चोक

रेडियो मिसन, मेलम्ची ।

मेलम्ची नगरपालिकाको नगर सभाको १३ औँ अधिवेशन स्थगित भएको छ । अधिवेशनमा उठेका विषयहरुमा छलफल गर्नुपर्ने भएका भएको भन्दै अर्को सूचना प्रकाशित नभए सम्मका लागि सभाध्यक्षबाट बैठक स्थगित गरेको सुचना मार्फत जानकारी गराइएको छ ।

´´मेलम्ची नगरपालिकाको नगर सभाको तेह्रौ अधिवेशन मिति २०७९ साल माघ १४ गतेका दिन आयोजना गरिएकोमा बैठकमा प्रस्तुत हुने विषयवस्तु तथा कार्यक्रमहरुमा थप छलफल गर्नुपर्ने भएकोले अर्को सूचना प्रकाशन नभएसम्मका लागि कार्यसूची बमोजिमका उल्लिखित छलफल नभएका विषयवस्तुहरु अर्को बैठकमा छलफल गर्ने गरी आजको बैठक स्थगित गरेको छु ।“ नगरपालिकाका मेयरद्वारा हस्ताक्षरित सुचनामा भनिएको छ ।

बैठक मेलम्ची नगर पालिका ५, बालउद्यानमा भएको थियो ।

Leave a Reply