मेलम्ची कम्युनिटी सेकेन्डरी इङ्लिस स्कुल मेलम्चीले सरस्वती पुजा बिशेष कार्यक्रम गरि मनाएको छ । पुजाको अवसर पारेर बिद्यालयले अभिभावकहरूको नृत्य प्रतियोगिता सम्पन्न गरेको छ ।
नृत्यमा सहभागी सम्पूर्णलाई मायाको चिनो वितरण गरिनुका साथै प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनुहुने प्रतियोगीहरुलाई क्रमश पाँच हजार, तीन हजार दुई हजार र एक हजार नगद पुरस्कार प्रदान गर्नुको साथै सम्मना गरिएको बिद्यालयका शिक्षक बेदलाल दुलालले जानकारी दिनुभयो । प्रतियोगितामा नेपाल नृत्य निर्देशन संघ भक्तपुर नृत्य संघका अध्यक्ष चूडामणि फ्युयालले मुल्यांकन गर्नु भएको थियो ।
यो नँया र पहीलो काम भएको र आगामिक दीनमा यसलाई रिन्तरता दीर्दै लैजाने विद्यालयका व्यावस्थापक दीनेश बस्नेतले जानकारी दीनुभएको छ । जिल्लामा भएका विद्यालयहरुले गरेको भन्दा फरक प्रयास भएको बस्नेतले बताउनुभएको छ । अभिभावक नै सृजनसिल र उत्साही भएमा मात्र विद्यार्थी पनि सृजनात्मक र उत्साही हुने उहाँले जानकारी दीनुभएको छ ।
मेलम्ची नगरपालिका उपमेयर उमा प्रधानको प्रमुख आतिथ्यतामा पूर्व प्राथमिक तहमा उत्तीर्ण विद्यार्थीलाई दीक्षित गरी विभिन्न विधामा कक्षा पि.जी देखि यू.के.जी.का विद्यार्थीहरूलाई अवार्ड प्रदान गर्नुका साथै प्रथम द्वितीय र तृतीय हुने पूर्व प्राथमिक तहका विद्यार्थीहरूलाई पुरस्कार पनि वितरण गरिएको छ ।
कार्यक्रममा उप प्रमुख प्रधानको साथमा वडा नं ११ का अध्यक्ष चन्द्रबहादुर तामाङ, वडा सदस्य प्रतिमा धिताल, बिद्यालयका संस्थापक सदस्यहरुलगायत अभिभावकहरूको उपस्थिति रहेको थियो । विद्यालयका प्रिन्सिपल तथा कार्यक्रमका सभापति दिनेश बस्नेले प्रमूख अतिथि, विशेष अतिथि लगायत अतिथिहरुलाई मायाको चिनो पनि प्रदान गर्नु भएको थियो ।
![](https://radiomission.org/wp-content/uploads/2023/01/uni-1200x540.jpg)
![](https://radiomission.org/wp-content/uploads/2023/01/unii-1200x540.jpg)
![](https://radiomission.org/wp-content/uploads/2023/01/uniii-933x700.jpg)
![](https://radiomission.org/wp-content/uploads/2023/01/unnn-1200x540.jpg)