रेडियो मिसन, भोटेचौर ।
मेलम्ची १ झांग्रीगाउँमा रहेको श्री सेतीका देवी माध्यमिक विद्यालयको वार्षिकोत्सव समारोह सम्पन्न बिहिवार भएको छ । नगरप्रमुख आईतामान तामाङको प्रमुख आतिथ्यतामा विद्यालयको ६२ औ वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा वडाध्यक्ष कृष्ण मुरारी चौलागाईं, र व्यवस्थापन समितिका अध्यक्ष, अभिभावक, बुद्धिजीवी, समाजसेवी लगायतको उपस्थिति रहेको थियो ।
वार्षिकोत्सवको अवसरमा सर्वोत्कृष्ट अङ्क ल्याई प्रथम हुने छात्रछात्रालाई सम्मान सहित कदरपत्र प्रदान गरिएको छ । कार्यक्रममा विद्यार्थीहरुले मनोरञ्जनात्मक झाँकी सहित सांस्कृतिक प्रस्तुतिहरू पनि प्रस्तुत गरेका थिए ।