रेडियो मिसन मेलम्ची ।
मेलम्ची नगरपालिकाले जलवायु सम्मेलन पार्क, गुफाडाँडामा कार्यपालिका बैठक गरेको छ । मेलम्ची ९ गुफाडाँडामा कार्यपालिका बैठक तथा विपद व्यवस्थापन समितिको बैठक सम्पन्न गरेको हो ।
उक्त स्थानमा २०७५ सालमा राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा जिल्ला समन्वय समितिले प्रथम जलवायु सम्मेलन गरेको थियो ।
त्यसपछि प्रत्येक वर्ष जिल्ला समन्वय समितिले जलवायु सम्मेलन दिवस मनाइदै आएको थियो । यस वर्ष भने समितिले दिवस नमनाउने भएपछि त्यसको निरन्तरता स्वरुप मेलम्ची नगरपालिकाले कार्यपालिका बैठक राखेको हो । गत वर्ष दिवसको अवसर पारेर रेस्लिङ प्रतियोगिता आयोजना गरेको थियो ।