गौराती पूर्णिमाको अवसरमा दोस्रो वडा अध्यक्ष कप भलिबलको उपाधि उज्ज्वल टोल सुधार समितिलाई

* # खेलकुद समाचार समाज सिन्धुपाल्चोक

क्यौरानी । गौराती पूर्णिमाको पावन अवसरमा क्यौरानी युवा समाजद्वारा आयोजित दोस्रो वडा अध्यक्ष कप भलिबल प्रतियोगिता तथा सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ।

मेलम्ची नगरपालिका–८ मा आयोजित प्रतियोगितामा विभिन्न ७ वटा टोलीको सहभागिता रहेको थियो। प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्दै उज्ज्वल टोल सुधार समितिले प्रथम स्थान हासिल गर्न सफल भएको छ।

त्यसैगरी, भिमेश्वर टोल सुधार समितिले दोस्रो, प्रगतिशील टोल सुधार समितिले तेस्रो र मिलनसार टोल सुधार समितिले सान्त्वना स्थान हासिल गरेका छन्।

भलिबल प्रतियोगिताको समापन तथा सांस्कृतिक कार्यक्रमको उद्घाटन मेलम्ची नगरपालिकाका उपप्रमुख उमा प्रधानको प्रमुख आतिथ्यता आतिथ्यतामा सम्पन्न भएको थियो। 

कार्यक्रममा तथा वडा अध्यक्ष जितबहादुर तामाङ, पूर्व वडा अध्यक्ष ठंकराज गिरी, मेलम्ची नगरपालिका वडा नं. ७ का अध्यक्ष पासाङ तामाङलगायत विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा प्रमुख अतिथि तथा अतिथिहरूले सांस्कृतिक कार्यक्रमको उद्घाटन गर्नुका साथै भलिबल प्रतियोगितामा विजयी टोली तथा खेलाडीहरूलाई पुरस्कार वितरण गर्नुभएको थियो।

Leave a Reply