इन्द्रावतीका विपन्न परिवारलाई मोहन बहादुर गिरीको दशैँ उपहार : ५० भन्दा बढी घरमा पुग्यो खुसी

* # समाचार समाज सिन्धुपाल्चोक

​इन्द्रावती (सिन्धुपाल्चोक) — बडादशैँको रौनकले छाउँदै गर्दा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिकाका विपन्न बस्तीहरूमा भने छुट्टै उत्साह र खुसी छाएको छ। समाजसेवी तथा शैक्षिक अभियान्ता मोहनबहादुर गिरीज्यूको व्यक्तिगत पहल र सहयोगमा इन्द्रावती गाउँपालिका वडा नम्बर २ र ३ का आर्थिक रूपमा कमजोर करिब ५० भन्दा बढी परिवारका लागि दशैँ मनाउन आवश्यक पर्ने खाद्यान्न तथा खाजाका सामग्रीहरू वितरण गरिएको छ। फुलपातिकाे अवसरमा साे सामाग्री हस्तान्तरण गरीएकाे हाे ।

​चाडपर्वको समयमा आर्थिक अभावका कारण चाड मनाउन धौ-धौ परेका परिवारहरूलाई छनोट गरी चामल, मासु, चिउरा, तेल, मसला लगायतका अत्यावश्यक सामग्रीहरू घर-घरमै पुगेर तथा आयोजित कार्यक्रममार्फत हस्तान्तरण गरिएको हो।

​कार्यक्रममा बोल्दै समाजसेवी तथा शैक्षिक अभियान्ता मोहनबहादुर गिरीज्यूले आफूले समाजका असहाय र आर्थिक रूपमा कमजोर नागरिकहरूको अनुहारमा मुस्कान ल्याउन पाउँदा परम सन्तोष मिल्ने बताउनुभयो।

​”चाडपर्व सबैका लागि बराबर हुनुपर्छ। कोही धनी भएकै कारण भब्य रूपमा मनाउने र कोही आर्थिक अभावका कारण चुल्हो बाल्न पनि धौ-धौ हुने परिस्थिति बन्नुहुँदैन,” गिरीज्यूले भन्नुभयो, “म समाजका विपन्न, असहाय र पछाडि पारिएका वर्गलाई सहयोग गर्न जस्तोसुकै परिस्थितिमा पनि जतिबेलै तत्पर छु। मेरो जीवनको अन्तिम क्षणसम्म पनि समाजसेवा र शिक्षा क्षेत्रको सुधारका लागि निरन्तर लागिरहनेछु।”

​गिरीज्यूले यसअघि पनि इन्द्रावती गाउँपालिकाका सम्पूर्ण सामुदायिक विद्यालयहरूमा अध्ययनरत करिब ७ हजार भन्दा बढी बालबालिकाहरूलाई जाडोको समयमा न्यानो कपडा वितरण गरिसक्नुभएको छ। उहाँको यो शैक्षिक तथा सामाजिक अभियानले समग्र इन्द्रावती क्षेत्रमा ठूलो सकारात्मक प्रभाव पारेको छ।

​राहत वितरण तथा सम्मान कार्यक्रममा बोल्दै इन्द्रावती गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष भीमसेन थापाज्यूले मोहनबहादुर गिरीज्यूको योगदानको उच्च प्रशंसा गर्नुभयो। उहाँले राज्य वा स्थानीय सरकारले गर्नुपर्ने दायित्वमा समेत व्यक्तिगत लगानी गरेर समाज परिवर्तनमा लागिपर्नुभएको भन्दै खुसी व्यक्त गर्नुभयो।

​”गाउँघरमा दुःखी, गरिब र असहायहरूलाई संकट परेको बेला सम्झिने पहिलो नाम मोहनबहादुर गिरी हो,” वडा अध्यक्ष थापाज्यूले बताउनुभयो, “हाम्रो समाज र इन्द्रावती गाउँपालिकाका लागि मोहनबहादुर गिरी जस्तो निस्वार्थ र उदार भावना भएको व्यक्ति जन्मनु नै सिङ्गो समाजका लागि ठूलो सम्पत्ति र गौरवको विषय हो। उहाँको कार्यशैली र फराकिलो छाती हामी जनप्रतिनिधिहरूका लागि पनि उत्तिकै प्रेरणादायी छ।”

​थापाज्यूले यस्ता समाजसेवीहरूको सक्रियताले स्थानीय सरकारलाई पनि सामाजिक विकास र विपन्न लक्षित कार्यक्रमहरू सञ्चालन गर्न थप ऊर्जा मिल्ने बताउनुभयो।

​कार्यक्रममा बोल्दै काठमाडौँ महानगरपालिका वडा नम्बर ३२ का वडा अध्यक्ष श्यामबहादुर गिरीज्यूले आफ्ना दाजु मोहनबहादुर गिरीज्यूको निष्ठा र समाजसेवाप्रतिको समर्पणको खुलेर प्रशंसा गर्नुभयो। उहाँले आफू जनप्रतिनिधिको भूमिकामा रहे पनि दाजुको सामाजिक उचाइ र कार्यबाट निरन्तर प्रेरित भइरहेको बताउनुभयो।

​”म आज वडा अध्यक्ष वा जनप्रतिनिधि त छँदै छु, तर त्योभन्दा पनि ठूलो कुरा मोहनबहादुर गिरीको भाइ हुनुमा मलाई असाध्यै ठूलो गर्व र आत्मसम्मान महसुस हुन्छ,” वडा अध्यक्ष श्यामबहादुर गिरीज्यूले भन्नुभयो, “दशैँमा कपडा र खाद्यान्न बाँड्ने कुरा होस् वा हजारौँ बालबालिकालाई न्यानो कपडा दिने अभियान, यी सबै सामाजिक कार्यहरूको सुरुआती दिनदेखि नै दाजुसँगै काँधमा काँध मिलाएर हिँड्न पाउनु मेरो जीवनकै ठूलो सौभाग्य हो।”

​उहाँले दाजुको मार्गदर्शनलाई पछ्याउँदै आफू पनि जीवनभर जनसेवा, समाज रुपान्तरण र दुःखी-पीडितको सेवामा निरन्तर खटिरहने दृढ प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।

​विपन्न परिवारका सदस्यहरूले दशैँको मुखमा पाएको यो सहयोगले आफूहरूलाई ठूलो राहत मिलेको बताएका छन्। कसैको सहयोग बिना दशैँ कसरी मनाउने भन्ने चिन्तामा रहेका स्थानीयहरूले खाद्य सामग्री पाएसँगै समाजसेवी मोहनबहादुर गिरीज्यूलाई धन्यवाद दिँदै दीर्घायुको शुभकामना व्यक्त गर्नुभएको छ।

​स्थानीय सामुदायिक विद्यालयका शिक्षक तथा अभिभावकहरूले पनि हजारौँ बालबालिकालाई न्यानो कपडा वितरण गरेर उहाँहरूलाई विद्यालय आउन प्रोत्साहित गर्नुभएको भन्दै गिरीकाे शैक्षिक अभियानको मुक्तकण्ठले प्रशंसा गरिरहनुभएको छ।

Leave a Reply