दोस्रो सेतीदेवी कप फुटबल : दोस्रो दिन सात खेलहरू सम्पन्न

* # खेलकुद समाचार समाज सिन्धुपाल्चोक

बोडगाउँ । दोस्रो सेतीदेवी खुला पुरुष फुटबल प्रतियोगिता अन्तर्गत आज दोस्रो दिन सातवटा खेलहरू सम्पन्न भएका छन्। विजयदशमीको अवसर पारेर बोडगाउँ युवा क्लबद्वारा आयोजित प्रतियोगिता पहिलो खेलमा इन्द्रावती ९ ले बोडगाउँ युवा क्लब बीलाई ५-१ गोल अन्तरले पराजित गरेको छ।

अर्को खेलमा इन्द्रावती ४ ले भुमेस्थान युवा क्लबलाई ५-१ गोलले हराउँदै विजयी भएको छ।

त्यस्तै आजको तेस्रो खेलमा इन्द्रावती सृजनशीलले बोडगाउँ ए लाई पेनाल्टी सुटआउटमा पराजित गरेको छ। निर्धारित समय एक-एक गोलको बराबरीमा सकिएपछि पेनाल्टीतर्फ धकेलिएको खेलमा इन्द्रावती सृजनशीलले बाजी मारेको हो।

त्यस्तै ग्रेभिक्स युवा क्लबले जय नेपाल लाई ७-१, नौलिङ्गेश्वरी युवा क्लबले भिमटार ब्वाइजलाई २–०, मण्डन स्पोर्ट्स क्लबले भीमटार फुटबल क्लबलाई ५-३, र जाल्पादेवी माझी गाउँ युवा क्लबलाई भूमेदेवी युवा क्लबले ५-१ गोल अन्तरले पराजित गरेको छ ।

२७ गतेसम्म बोडगाउँ खेलमैदानमा सञ्चालन हुने प्रतियोगितामा जिल्लाभरिका १९ वटा टोलीले सहभागिता जनाएका छन् भने प्रतियोगिता को विजेता टोलीले १ लाख १ हजार १,११ रुपैयाँ नगदसहित ट्रफी हात पार्दा दोस्रो हुने टोलीले ५१ हजार १११ रुपैयाँ प्राप्त गर्ने आयोजक संस्थाका संरक्षक केदारजीले जानकारी दिनुभयो ।

Leave a Reply