सिन्धुपाल्चोकमा विश्व पर्यटन दिवस, २०२६ मनाईयो

* # समाचार समाज सिन्धुपाल्चोक

Digital Agenda and Artificial Intelligence to Redesign Tourism भन्ने नाराका साथ उध्योग, वाणिज्य, पर्यटन तथा यातायात कार्यालय, सिन्धुपाल्चोकले सुकुटे बीच एडभेन्चर क्याम्प प्रा.लि. मा एक कार्यक्रमको आयोजना गरि विश्व पर्यटन दिवस, २०२६ मनाएको छ।

उक्त कार्यक्रमको अध्यक्षता कार्यालयका कार्यालय प्रमुख त्रिपुरारी बख्रेलले गर्नुभएको थियो भने सिन्धुपाल्चोक जिल्लाका प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरेको प्रमुख आतित्थ्यता रहेको थियो भने जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक द्वयको उपस्थिति हुनुको साथै सिन्धु सुकुटे पर्यटन व्यवसायी संघका अध्यक्ष साथै पदाधिकारी एवम् सदस्यहरू र पत्रकार लगायत कार्यालयका कर्मचारीहरूको सहभागिता रहेको थियो ।

उक्त अवसरमा प्रचार प्रसार सामाग्री, टिसर्ट वितरण गरिएको थियो भने सिन्धु सुकुटे पर्यटन व्यवसायी संघका अध्यक्षलाई पर्यटन क्षेत्रमा अतुलनीय कार्य गरेकोले कदर पत्रबाट सम्मान गरिएको थियो l

Leave a Reply