तेज थिङको नयाँ प्रयास : सिन्धुपाल्चोककाे मौलिक स्वादमा ‘कुरा सुन ज्यानलाई म भन्छु बजारमा

* # मनोरञ्जन समाचार समाज सिन्धुपाल्चोक

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा प्रचलित मौलिक खान्दोके सेलो भाका, स्थानीय संस्कृति र नयाँ पुस्ताको संगीत रुचिलाई जोड्ने प्रयासस्वरूप युवा सेलो गायक तेज थिङ लामाको नयाँ गीत ‘कुरा सुन ज्यानलाई म भन्छु (नवलपुरे ठिठो)’ सार्वजनिक भएको छ।

गायक थिङले आफ्नै Tej Theeng Lama Official युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरेका हुन्। गीतमा तेज थिङ लामा र सुमिना लोको स्वर रहेको छ भने प्रेम योन्जन लामाको संगीत र हिराकाजी लामाको शब्द रहेको छ। त्यस्तै आगा लामाले एरेन्ज गरेका छन्।

गीतको मिक्सिङ तथा मास्टरिङ निसल योन्जनले गरेका छन् भने रेकर्डिङ मुच्छ्र्ना स्टुडियोमा गरिएको हो। गीतमा खान्दोके सेलोको मौलिक स्वादसँगै सिन्धुपाल्चोकमा प्रचलित स्थानीय भाका र सांस्कृतिक पहिचानलाई प्राथमिकता दिइएको छ।

गायक थिङका अनुसार पछिल्लो समय आधुनिक संगीतको प्रभाव बढ्दै जाँदा स्थानीय मौलिक भाका र संस्कृति नयाँ पुस्ताबाट टाढिन सक्ने भएकाले त्यसलाई संगीतमार्फत संरक्षण गर्दै नयाँ पुस्तासम्म पुर्‍याउने उद्देश्यले गीत तयार गरिएको हो।

‘कुरा सुन ज्यानलाई म भन्छु’ मार्फत सिन्धुपाल्चोकको मौलिक सेलो भाकालाई फरक ढंगले प्रस्तुत गर्ने प्रयास गरिएको थिङले बताए। उनका अनुसार आफ्नो सांगीतिक यात्रासँगै जिल्लाको मौलिक संगीत र सांस्कृतिक पहिचानलाई राष्ट्रिय तथा नयाँ पुस्ताको संगीत क्षेत्रमा चिनाउने लक्ष्यसमेत रहेको छ।

Leave a Reply