बुद्ध जयन्तीको अवसरमा शान्ति र्‍याली सम्पन्न

* # समाचार समाज सिन्धुपाल्चोक

महामानव भगवान् गौतम बुद्धको २५७० औँ जन्मजयन्तीको अवसरमा इन्द्रावती गाउँपालिका–४, मुले गाउँ को संयुक्त आयोजनामा भव्य तथा शान्तिपूर्ण रूपमा शान्ति र्‍याली सम्पन्न भएको छ।

उक्त र्‍याली इन्द्रावती–४ मुले गाउँस्थित छोर्टेनबाट सुरु भई भेडीचौर, नवलपुर हुँदै पुनः मुलेको छोर्टेनमा आई समापन गरिएको थियो।

र्‍यालीमा सोही वडाका वडाध्यक्ष, लामा गुरु, पत्रकारलगायत विभिन्न विशिष्ट व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रम संयोजक भोजबहादुर तामाङका अनुसार विगत एक दशकदेखि मलेसियालाई कर्मथलो बनाउँदै आएका उनले मलेसियामा रहेका म्यानमार, श्रीलंका, थाइल्याण्ड, चिनियाँ तथा नेपाली समुदायले बुद्ध जयन्ती र्‍याली गरी मनाएको देखेर नेपालमा पनि यसरी नै मनाउनुपर्ने प्रेरणाले यस वर्ष पहिलो पटक र्‍याली आयोजना गरिएको बताएका छन्।

Leave a Reply