ईन्द्रावतीमा गरेकाे कामकाे लगनशिलताले मलाई जनताले मुल्याङ्कन गर्ने छन् : वंशलाल तामाङ

* # राजनीति समाचार समाज सिन्धुपाल्चोक

चाैतारा । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सिन्धुपाल्चाेक क्षेत्र नं.२ मा नेपाली कांग्रेसबाट वंशलाल तामाङले उम्मेदवारी दर्ता गराउनुभएकाे छ । सिन्धुपाल्चाेक सदरमुकामस्थित निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उहाँले आफ्नो उम्मेदवारी दर्ता गराउनुभएकाे हाे ।

ईन्द्रावती गाउँपालिकाकाे अध्यक्ष समेत भइसक्नुभएका तामाङ गाउँपालिका रास्ट्रिय महांसंघका महासचिव समेत बन्नुभयाे । सिन्धुपाल्चोक कांग्रेस नेतृत्व तहमा पूर्वसचिवसमेत रहनुभएका तामाङ २०७४ काे स्थानीय तहको निर्वाचनमा नेकपा एमालेका तत्कालिन जिल्ला अध्यक्ष झम्क नेपाललाई पराजित गर्दै गाउँपालिका अध्यक्षमा निर्वाचित हुनुभएको थियाे ।

उम्मेदवारी दर्ता पश्चात् पत्रकारहरू संग संक्षिप्त कुराकानी गर्दै तामाङले ईन्द्रावतीमा आफुले गरेकाे कामकाे लगनशिलताले जनताले मुल्याङ्कन गर्ने बताउनुभयाे । “५ बर्षकाे कामकाे जनताले मुल्याङ्कन गर्नेछन”, तामाङले भन्नुभयाे ।

निर्वाचन आयाेगले ताेकेकाे खर्चमै चुनाव सक्ने बताउँदै तामाङले भड्काउ राजनीति नगर्ने बताउनुभयाे । “कुनै प्रकारकाे भ्रस्टाचारकाे संरक्षण गर्ने साेच छैन”, उहाँले भन्नुभयाे “मानविय बिकास हुन सकेन भने कालाे पत्रे बाटाेले मात्र बिकास हुँदैन” ।

आफु जनताकाे अग्नि परिक्षामा भएकाे भन्दै नेता तामाङले यसबाट उत्रिएर मुलुककाे भ्रस्टाचार अन्त्य गर्न चाहेकाे र यसमा जनताकाे साथ चाहिने धारणा राख्नुभयाे ।

Leave a Reply