मेलम्ची नगरपालिकाको १९औँ नगरसभा सम्पन्न, १४ प्रस्ताव सर्वसम्मत पारित

* # पालीका खबर समाचार समाज सिन्धुपाल्चोक

मेलम्ची नगरपालिकाको १९ औँ नगरसभा नगरप्रमुख आइतमान तामाङज्यूको अध्यक्षतामा सम्पन्न भएको छ । नगरसभाले आवश्यक ऐनहरू संशोधन गर्दै विभिन्न १४ वटा प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको छ ।

नगरसभाले विशेषगरी आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०७५ लाई प्रतिस्थापन गर्ने विधेयक २०८२, मेलम्ची नगरपालिकाको विज्ञापन (व्यवस्थापन तथा नियमन) सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८२ तथा आर्थिक वर्ष २०८२/८३ को विनियोजन ऐन संशोधित विधेयक २०८२ सर्वसम्मतिले पारित गरेको हो ।

सभामा नगरपालिकाको आर्थिक अनुशासन, सेवा प्रवाह तथा विकास व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यका साथ ऐन तथा विधेयकहरू प्रस्तुत गरिएको नगरप्रमुख तामाङले बताउनुभयो । नगरसभाले पारित गरेका प्रस्तावहरू कार्यान्वयनसँगै नगरपालिकाको सुशासन, वित्तीय पारदर्शिता र विकास प्रक्रियामा सकारात्मक प्रभाव पर्ने विश्वास लिइएको छ ।

Leave a Reply