सिन्धुपाल्चोक । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) सिन्धुपाल्चोक जिल्ला समितिले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फका उम्मेदवार सिफारिस गरेको छ।
पार्टी जिल्ला समितिको आईतबार सम्पन्न विशेष बैठकको निर्णय अनुसार प्रतिनिधिसभा निर्वाचन अन्तर्गत जिल्लाका दुई संघीय निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फका उम्मेदवार सिफारिस गरिएको हो।
सिफारिसअनुसार सिन्धुपाल्चोक संघीय निर्वाचन क्षेत्र नं. १ बाट युगिन सी र संघीय निर्वाचन क्षेत्र नं. २ बाट सोनाम लामा ‘सोनाम सी’ लाई प्रत्यक्षतर्फ उम्मेदवारका रूपमा सिफारिस गरिएको जिल्ला समितिले जनाएको छ।
पार्टीको निर्णयअनुसार उक्त सिफारिस केन्द्रमा पठाइसकिएको र यसबारे आवश्यक प्रक्रिया अगाडि बढाइने जानकारी जिल्ला समितिले दिएको छ। सिफारिस पत्र पार्टीका जिल्ला इन्चार्ज युगिन सी र सेक्रेटरी सोनाम सीद्वारा हस्ताक्षरित छ।
