इन्द्रावतीका २९ विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री वितरण : अमेरिकाबाट राज बरालको सहयोग

* # शिक्षा समाचार समाज सिन्धुपाल्चोक

​सिन्धुपाल्चोक
​सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका वडा नम्बर ७ मा रहेका विद्यालयका २९ जना अति विपन्न तथा जेहेन्दार विद्यार्थीहरूलाई शैक्षिक सामग्रीसहित विद्यालय झोला वितरण गरिएको छ। ​विशेष गरी द्वन्द्वपीडित, आर्थिक अवस्था अत्यन्त कमजोर भएका र अभिभावक (आमाबुबा) नभएका बालबालिकाहरूलाई लक्षित गरी यो सहयोग प्रदान गरिएको हो।

​कार्यक्रममा जम्मा २९ जना विद्यार्थीहरूलाई सहयोग प्रदान गरिएको थियो जसमा ​श्री राजेश्वरी माध्यमिक विद्यालयका २१ जना
​बालबालिका सुधार प्राथमिक विद्यालयका ५ जना र ​अन्य ३ जना लाई सहयोग गरीएको हो । ​यो मानवीय कार्यका लागि अमेरिकामा बसोबास गर्नुहुने ड्रेगन इन्स्योरेन्स (Dragon Insurance) का सञ्चालक राज बरालले स्टेशनरी सामग्री र झोला सौजन्य गर्नुभएको हो। विदेशमा रहेर पनि आफ्नो जन्मभूमि र त्यहाँका बालबालिकाको शिक्षाप्रति देखाउनुभएको यो सद्भावको स्थानीय स्तरमा उच्च प्रशंसा गरिएको छ।


​सामग्री वितरण कार्यक्रम इन्द्रावती गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष रविन्द्र कुमार खाति र समाजसेवी तथा युवा व्यवसायी रमेश दंगालको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो। वडा अध्यक्ष खाति र व्यवसायी दंगालले विद्यार्थीहरूलाई संयुक्त रूपमा सामग्री हस्तान्तरण गर्नुभएको थियो। ​कार्यक्रममा बोल्दै वडा अध्यक्ष रविन्द्र कुमार खातिले अमेरिकामा रहेर पनि गाउँका गरिब र टुहुरा बालबालिका सम्झिएकोमा राज बराललाई विशेष धन्यवाद दिनुभयो। यस्तै, समाजसेवी रमेश दंगालले आगामी दिनमा पनि यस्ता सामाजिक कार्यहरूमा निरन्तर समन्वय गरिरहने प्रतिबद्धता व्यक्त गर्नुभयो।

Leave a Reply