क्यौरानी ।
नजिकिँदै गरेको नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितालाई मध्यनजर गर्दै क्यौरानी युवा समाजले जलवाई देवी माध्यमिक विद्यालय, बिभिन्न खेलकुद सामग्रीहरु हस्तान्तरण गरेको छ ।
मिकासा भलिबल २ सेट, भलिबल नेट १ सेट, ब्याडमिन्टन १ सेट, ब्याडमिन्टन कक १ सेट, स्किपिङ २ सेट तथा भलिबल पम्प १ सेट गरी १० हजार भन्दा बढीको समाग्रीहरु हस्तान्तरण गरिएको बिद्यालयका सहायक प्रधानाध्यापक सुवास गिरीले जानकारी दिनुभयो ।
त्यसैगरी, आकाश निर्माण सेवा प्रा.लि. का सञ्चालक तथा क्यौरानी युवा समाजका संयोजन दिनेश गिरीले ब्यक्तिगत रुपमा २० सेट खेलाडी जर्सीसमेत विद्यालयलाई हस्तान्तरण गर्नुभएको छ ।

कार्यक्रमका क्रममा आगामी प्रतियोगितामा सहभागी हुने खेलाडी भाइबहिनीहरूको उत्कृष्ट खेल प्रदर्शनको कामना गर्दै शुभकामना व्यक्त गरिएको थियो ।
भदौ २३/२४ को नवयुवाहरुको आन्दोलजन पछि युवाहरुको सक्रियतामा स्थापना भएकाे क्यौरानी युवा समाजले छोटो समयमानै बिभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ । समाजले वडाको गौरवको रुपमा रहेको भिमसेन मन्दिर मेलाको अवसरमा राष्ट्रिय स्तरका कलाकारहरुको सहभागीतामा मनोरञ्जनात्मक कार्यक्रम गर्नुका साथै बाला चतुर्दशीका दिन सद्बिज छर्न पशुपति गएका वडाका नागरिकहरुको लागी सोबासको ब्यवस्थापन समेत गरेको थियो ।
