क्यौलेठाना आधारभूत विद्यालयमा १०५ विद्यार्थीलाई पोसाक वितरण

* # शिक्षा समाचार समाज सिन्धुपाल्चोक

गुफाडाँडा ।
मेलम्ची नगरपालिका वडा नम्बर ९ स्थित क्यौलेठाना आधारभूत विद्यालयमा अध्ययनरत १०५ जना बालबालिकालाई पोसाक वितरण गरिएको छ । साथै अभिभावक–बालबालिका साक्षात्कार कार्यक्रमसमेत सम्पन्न भएको छ ।
साङाग् क्षेलिङ गोन्पाका संस्थापक प्रमुख लोपोन पेमा रिन्क्षेनले आर्थिक सहयोगमा बिद्यार्थीहरुलाई पोषाक बितरण गरिएको हो ।
कार्यक्रमको अवसरमा उपप्रमुख उमा प्रधानले क्यौलेठाना माध्यमिक विद्यालयलाई नमुना विद्यालयका रूपमा विकास गर्न आफ्नो तहबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले शिक्षण–सिकाइ प्रक्रियालाई अझ प्रभावकारी बनाउँदै लैजान विद्यालय प्रशासन र शिक्षकहरूलाई अनुरोध गर्नुभयो ।
विद्यालयमा प्रचुर सम्भावना रहेको उल्लेख गर्दै उपप्रमुख प्रधानले सबै बालबालिका जनजाति समुदायका भएकाले यस समुदायको शैक्षिक र सामाजिक उत्थान आजको आवश्यकता रहेको धारणा राख्नुभयो ।
उपप्रमुख उमा प्रधान, वडा नं. ९ का वडा सदस्य पूर्णबहादुर तामाङ, साङाग् क्षेलिङ गोन्पाका संस्थापक प्रमुख लोपोन पेमा रिन्क्षेन, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पूर्ण तामाङ, अभिभावक तथा शिक्षक र बिद्यार्थीहरुको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो ।

Leave a Reply