नवलपुरमा मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिता २०८२ सुरु

* # खेलकुद समाचार समाज सिन्धुपाल्चोक

नवलपुर ।

नवलपुरमा मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिता २०८२ सुरु भएको छ।

नवलपुर क्षेत्रका ब्याडमिन्टन खेलाडीहरूको सक्रियतामा आयोजना गरिएको प्रतियोगितामा ११ जोडी खेलाडीहरू सहभागी भएको खेलाडी विजेश हिमालयले जानकारी दिनुभयो।

११ जोडीलाई दुई समूहमा विभाजन गरी प्रतिस्पर्धा गराइने आयोजकले जनाएको छ। खेल बिहान ६ बजेदेखि ९ बजेसम्म सञ्चालन भइरहेको छ।

स्थानीय खेलाडी निजामती कर्मचारी प्रहरी लगायत विभिन्न क्षेत्रमा काम गर्दै आएका व्यक्तिहरू खेलाडीको रुपमा सहभागी रहेको उहाँले जानकारी दिनुभयो।

गाउँपालिकामा रहेको ब्याडमिन्टन कोर्टमा (आज) सोमबारबाट सुरु भएको प्रतियोगिता ११ गते बुधबारसम्म सञ्चालन हुने छ।

प्रतियोगितामा प्रथम हुने जोडीले ५००० नगदसहित पुरस्कार प्राप्त गर्नेछ भने द्वितीय र तृतीय स्थान हासिल गर्ने जोडीले क्रमश ३००० र २००० नगद प्राप्त गर्ने जनाएको छ।

Leave a Reply