जय पाल्चोकी यातायात प्रा.लिद्वारा संचालित इभि भ्यानको औपचारिक उद्घाटन

* # अर्थ बाणिज्य समाचार समाज सिन्धुपाल्चोक

श्री जय पाल्चोकी यातायात प्रा.लि.को औपचारिक उद्घाटन सम्पन्न भएको छ। आज मेलम्चीमा आयोजित कार्यक्रमबिच उक्त यातायात प्रालिद्वारा संचालित इभि भ्यानको औपचारिक सुरुवात गरिएको हो ।


उद्घाटन कार्यक्रममा मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले यस भेगका नागरिकले सहज र सुरक्षित यातायात सेवा प्राप्त गर्ने विश्वास व्यक्त गर्दै यातायात कम्पनी नाफामुखी भए पनि सेवा र सुविधामा प्रतिस्पर्धा गर्नुपर्नेमा जोड दिनुभयो। नगरपालिकाले आवश्यक सहयोग गर्ने प्रतिबद्धता पनि उहाँले जनाउनुभयो।

नगर उपप्रमुख उमा प्रधानले इभि गाडी वातावरणमैत्री भएको बताउँदै यसले पेट्रोल–डिजेल गाडीको प्रयोग घटाउने, जलविद्युतको सदुपयोग गर्ने र प्रदूषण नियन्त्रणमा योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो। उहाँले स्वदेशमै अवसर पहिचान गरेर अघि बढ्नुपर्नेमा जोड दिँदै सफलताको शुभकामना दिनुभयो।

समाजसेवी बालकृष्ण देउजाले यात्रुलाई सक्दो सुविधा उपलब्ध गराउन र गुनासो सम्बोधन गर्दै अघि बढ्न आग्रह गर्नुभयो।

वडा नं ११ का अध्यक्ष चन्द्रबहादुर तामाङले यातायात सेवा नाफामुखी मात्र नभई सेवामुखी बन्नुपर्नेमा जोड दिनुभयो। अस्थायी ट्राफिक प्रहरी पोष्टका हवल्दार बिनोदकुमार गिरीले ट्राफिक नियम पालना गर्दै सुरक्षित यात्रा गर्न आग्रह गर्नुभयो।

सोकुनका प्रतिनिधि राममणी सिग्देलले कार्यक्रममा इभि भ्यान सम्बन्धी प्राविधिक जानकारी प्रस्तुत गर्दै, यसमा न्यूनतम मर्मत खर्च, कम सञ्चालन लागत र छोटो दुरीमा सहज सेवा दिने क्षमता रहेको जानकारी दिनुभयो। उहाँका अनुसार यसले ध्वनि प्रदूषण पनि कम गर्नेछ।

यातायात प्रा.लि.का अध्यक्ष राजन दुलालले कम्पनीले अहिले मेलम्ची -काठमाडौ र केहि समयमा मेलम्चीसंगै हेलम्बु, पाँचपोखरी, इन्द्रावती, मण्डन देउपुर र शंकरापुर नगरपालिकामा नियमित सेवा उपलब्ध गराउने जानकारी दिनुभयो।

Leave a Reply