पहिरोका कारण इन्द्रावती २ बाहुनबेसीमा दुई घर उच्च जोखिममा

* # पालीका खबर समाचार समाज सिन्धुपाल्चोक

नवलपुर । इन्द्रावती गाउँपालिका वडा नम्बर २ बाहुनबेसीमा पहिरो जाँदा दुई घर उच्च जोखिममा परेको छ । साउन २३ र २४ गतेको अविरल वर्षाका कारण पहिरो जाँदा चेतकुमारी आचार्य र चेतबहादुर आचार्यको दुई घर उच्च जोखिममा रहेको तथा राजु आचार्य र गङ्गा आचार्यको घर पनि जोखिममा परेको वडा नम्बर ३ का अध्यक्ष भीमसेन थापाले जानकारी दिनुभयो ।

चेतकुमारी आचार्य र चेतबहादुर आचार्यको घर उच्च जोखिममा रहेको र उनीहरू अहिले नजिकको आफन्तको घरमा बसिरहेको इलाका प्रहरी कार्यलय नवलपुरले जनाएको छ ।

नवलपुर चौतारा सडकखण्ड धमाधम निर्माण कार्य भइरहेको छ र उक्त सडकका कारण पहिरो गएको पीडितहरूले बताएका छन् ।

उनीहरूलाई राहतको लागि पालिकासँग समन्वय गरेर काम गर्ने वडाध्यक्ष थापाको भनाइ छ । अहिले उनीहरूलाई सिफारिस गरी पालिकामा पठाउन लागिएको उहाँले जानकारी दिनुभयो ।

उक्त स्थान वडा नम्बर २ को भूगोलभित्र पर्ने भएपनि वडा नम्बर ३ का स्थानीय बसोबास गर्ने गरेको वडा नम्बर २ का अध्यक्ष श्यामबहादुर गिरीले जानकारी दिनुभयो ।

Leave a Reply