मेलम्चीमा बस दुर्घटना, आठ जना घाइते

* # समाचार समाज सिन्धुपाल्चोक

मेलम्ची ।
तिपेनिबाट काठमाडौँ जाँदै गरेको बस दुर्घटनामा परेको छ। दुर्घटनामा ८ जना घाइते भएका छन्। घाइतेमध्ये ३ जनालाई त्रिबि शिक्षण अस्पताल रेफर गरिएको छ भने अन्यको अवस्था सामान्य रहेको छ।

घाइते हुनेहरूमा काभ्रेको मण्डनदेउपुरका–६ का २७ वर्षीय चालक महेश्वर ढकाल, पाँचपोखरी थाङपाल ६ का १९ वर्षीय अनिल भण्डारी, सोही ठाउँका १९ वर्षीया पेमा लामा, ३० वर्षीय लोर्की पौडेल, ३२ वर्षीय रामचन्द्र पौडेल, ५ का ६० वर्षीय तारादेवी श्रेष्ठ, २४ वर्षीय राज खड्का र हेलम्बु २ की १७ वर्षीया सुम्मिता ज्योती रहेका छन्।

उनीहरूको मेलम्ची नगर अस्पतालमा उपचार भइरहको छ। शनिबार दिउँसो १ बजेतिर बागमती प्रदेश -३-०१-००५ख ९९७६ नम्बरको बस मेलम्ची नगरपालिका–१०स्थित मेलम्ची-भोताङ सडकखण्डमा दुर्घटनामा परेको हो।

बस सडकदेखि केही ५० मिटर तल इन्द्रावती खोलामा खसेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जानकारी दिएको छ।

Leave a Reply