नियम बिपरित विज्ञापनकाे भुक्तानी गर्न नसक्दा नगरपालिकालाई बदनाम गराउन खाेजियाे : प्रमुख तामाङ

* # पालीका खबर समाचार समाज सिन्धुपाल्चोक

मेलम्ची, पछिल्लो समय केही अनलाइन सञ्चार माध्यमले महालेखा परीक्षणकाे प्रतिवेदनकाे हवाला दिंदै मेलम्ची नगरपालिकाकाे विषयमा समाचार प्रकाशन गर्याे ।

मेलम्ची नगरपालिकामा मेयर उपमेयरकाे ताण्डव नृत्य, ऐन कानुन विपरित कराेडाैँ रकम आफु अनुकुल खर्च जस्ता शिर्षकमा छापिईकाे समाचार प्रति नगरपालिकाले ध्यानाकर्षण भएकाे जनाएकाे छ । शुक्रवार नगरप्रमुख आइतमान तामाङ र नगरप्रमुख तामाङकाे सचिवालयले उक्त समाचारकाे खण्डन गर्दै स्टाटस पाेष्ट गरेकाे छ ।

“हामी नागरिककाे माैलिक हक र प्रेस स्वतन्त्रता प्रति प्रतिवद्ध  छाैं”, पाेष्टमा भनिएकाे छ  “पछिल्लो समय केही अनलाइन सञ्चार माध्यमले महालेखा परीक्षणकाे प्रतिवेदनकाे हवाला दिंदै मेलम्ची नगरपालिकाकाे विषयमा तथ्यहिन समाचारहरु प्रकाशन गरेका छन्” । महालेखा परीक्षककाे प्रतिवेदन प्रति नगरपालिका गम्भीर र सचेत रहेकाे भन्दै बेरुजु कम गर्न प्रयत्नशील रहेकाे जनाएकाे छ ।

रिपोर्टिङ पत्रकारिताकाे ABC अर्थात  ,तथ्य , सन्तुलित  र विश्वसनीय हुनुपर्ने तर, महालेखाकाे प्रतिवेदनलाई हचुवामा व्याख्या गरेर लेखेकाे समाचार प्रति नगरपालिकाकाे गम्भीर ध्यानाकर्षण भएकाे जनाईएकाे छ ।

केही पत्रकारले नगरपालिकाकाे नियम बिपरित मागेकाे विज्ञापनकाे भुक्तानी गर्न नसक्दा र किताब लेख्न पेश्की मागेकाे पैसा नियम बिपरित भुक्तानी नगरेका कारण प्रतिशाेधपूर्ण ढंगबाट नगरपालिकालाई बदनाम गराउने गरि  एउटै समाचार विभिन्न अनलाइनमा कपी पेस्ट गरेर प्रकाशन गरिएकाे नगर प्रमुख आइतमान तामाङले बताउनुभयाे । उनिहरुले गलत ढंगबाट पैसा मागेकाे प्रमाण सचिवालयमा सुरक्षित रहेकाे उहाँकाे भनाई छ ।

पत्रकारिताकाे सामान्य सिद्धान्त  समेत पालना नगरि लेखिएको समाचार केबल पित पत्रकारिताकाे ज्वलन्त नमूना भएकाे भन्दै बदनाम गराउने गरि लेखिएका समाचार विरुद्ध  मिडियाकाे नियामक निकाय प्रेस काउन्सिलमा जाने तयारि गरिरहेकाे बताइएकाे छ ।  गलत समाचारकाे प्रभावमा नपर्न र केही स्वार्थ पूर्ति नभएका व्यक्तिहरुले गरेका गलत प्रचारकाे पछि नलाग्न सबै नगरवासीमा नगरप्रमुख आइतमान तामाङले आग्रह गर्नुभएकाे छ ।

Leave a Reply