भिमटार ,
सिन्धुपाल्चोक जिल्लाकाे ईन्द्रावती गाउँपालिका–भीमटारमा रहेको २२ वटा टारमा इन्द्रावती नदिको पानी ल्याएर सिंचाई गर्नका लागि विस्तृत परियोजना अघि बढ्ने भएकाे छ ।
‘सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका–भीमटारमा रहेका २२ वटा टारमा इन्द्रावती नदीको पानी ल्याएर सिंचाइका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अघि बढाइनेछ,’ मेलम्ची र हेलम्बू क्षेत्रको सोमबार स्थलगत अनुगमन गर्दै सिंचाइमन्त्री दीपक खड्काले भन्नुभयाे । कांग्रेस नेता एवम् उक्त क्षेत्रका सांसद मोहन बस्नेतको सक्रियतामा ऊर्जामन्त्री खड्का, राज्यमन्त्री खमबहादुर गर्बुजा, सिंचाइसचिव सरीता दवाडी, जलस्रोत तथा सिंचाइ विभागका महानिर्देशक सञ्जीव बरालगायतको टोलीले सोमबार साे क्षेत्रकाे स्थलगत निरीक्षण गरेको हो ।
साे क्रममा सिंचाइमन्त्री दीपक खड्काले सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बू क्षेत्रमा बाढीले पुर्याएको क्षतिको पुनर्निर्माण गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएकाे छ । उहाँले मेलम्ची र हेलम्बू क्षेत्रमा सिंचाइ व्यवस्थापन गर्न विशेष योजना अघि बढाउने घोषणा गर्नुभयाे । ‘बाढीपछिको हेलम्बू, मेलम्चीको पुनर्निर्माणको लागि म प्रतिबद्ध छु, यो ऐतिहासिक ठाउँको विकासमा सबै मिलेर अगाडी बढौं,’ उहाँले भन्नुभयाे ।
ऊर्जामन्त्री खड्काले पहाडी क्षेत्रका उर्वर भूमिको सदुपयोग गर्न सिंचाइ व्यवस्थापनलाई सरकारले प्राथमिकतामा राखेको बताउनुभयाे । विस २०७८ असार १ गतेको बाढीले मेलम्ची र हेलम्बु क्षेत्रमा ठूलो धनजनको क्षति पुऱ्याएको थियो । अनुगमनकाे क्रममा सांसद माेहन बहादुर बस्नेतले याे सिंचाई आयाेजना सम्पन्न गरेपछि अन्य जिल्लालाई पनि यहाँकाे खाद्यान्नले धान्ने र यस परियाेजनाकाे लागि २ अर्व भन्दा बढि खर्च लाग्ने बताउनुभयाे ।
यसै बर्ष बाट शुरू हुनेगरि सिंचाई प्राेजेक्टकाे डिपिआर गर्न सकेमा ४,५ बर्षमै सिचाई आयाेजना सम्पन्न गर्न सकिने उहाँकाे भनाई थियाे ।