रेडियो मिसन ।
हेलम्बू यातायात सेवा समितिले इन्द्रावती गाउँपालिकामा सुपर बस सञ्चालनमा ल्याएको छ । ईन्द्रावती गाउँपालिकाको प्रस्तावमा आज देखि चार ओटा बसहरु चुच्चेपाटी बाट सिपाघाट–भिमटार–सिपापोखरे–ज्यामिरेमाने हुदै नवलपुरमा चल्ने गाउँपालिकाले जनाएको छ ।

साथै उक्त रुट हुँदै सञ्चालन हुने बसको समय तालिका समेत तय गरिएको छ । जस अनुसार पहिलो बस नवलपुरबाट बिहान ७ बजे छुटेर बिहान ९ः३० बजे चुच्चेपाटी पुग्ने र दिउसो ३ बजे नवलपुरको लागि छुट्ने छ । त्यस्तै काठमाडौ चुच्चे पाटीबाट बिहान ७ बजे छुट्ने र बिहान ९ः३० बजे नवलपुर आईपुगेको उक्त बस दिउँसो ३ बजे फर्किने गाउँपालिकाका सुचना प्रबिधि अधिकृत सन्तोष सापकोटाले जानकारी दिनुभयो ।

आज पहिलो बस बिहान ७ बजे नवलपुरबाट छुटेको छ । पहिलो बसलाई गाउँपालिकाका उपाध्यक्ष सोभना तामाङले रिबन काटेर शुभ साईत गरी छुटेको उपाध्यक्षको सचिवालयले जनाएको छ । उक्त अवसरमा गाउँपालिका उपाध्यक्ष सहित प्रमुख प्रसाशकीय अधिकृत पूर्ण प्रसाद दुलाल, सुचना प्रबिधि अधिकृत सन्तोष सापकोटा स्थानीय समाजसेवी लगायतको सहभागी हुनुभएको थियो ।
दशैँका लागी गाउँ आउन चहाने गाउँपालिका बासीको सुबिधालाई मध्यनजर गर्दै समिती सँग समन्वय गरी यो योजना बनाईएको गाउँपालिकाले जनाएको छ ।
